होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तपाइको मास्क खै भन्दै बाजुराका प्रजिअ बजारमा
समाचार

तपाइको मास्क खै भन्दै बाजुराका प्रजिअ बजारमा

  • नागरिक रैबार
तपाइको मास्क खै भन्दै बाजुराका प्रजिअ बजारमा

राजेन्द्र बिक बाजुरा,१७असोज । बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी तपाइको मास्क खै भन्दै सदरमुकाम मार्तडीमा बजार परिक्रममा निस्किनु भएको छ।

May be an image of 1 person, standing and outdoors

६६ औँ प्रहरी दिवस को अवसरमा आज जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको तपाइँको मास्क खै कार्यक्रम अन्तर्गत मार्तडी बजारमा निकालिएको र्यालिमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो।

विज्ञापन

May be an image of one or more people, people standing, motorcycle and outdoors

बडिमालिका नगरपालिका वडा नम्बर ८ र ९ मार्तडी बजारमा र्याली निकाली “तपाईको मास्क खोई” कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख मदनजित महराले बताउनु भएको छ र्याली लगत्तै जिल्ला प्रहरी कार्यालयको कम्पाउण्ड एरियामा “एक प्रहरी एक विरूवा” अभियान अन्तर्गत विभिन्न जातिका ७५ वटा बोटविरूवा वृक्षारोपण गरी कार्यक्रम सम्पन्न गरिएको महराले बताउनु भयो ।कोभिड-१९लाई मध्यनजर गरि जिल्ला प्रहरी कार्यालय बाजुराले तपाइको मास्क खोइ कार्यक्रमलाई निरन्तरता दिदै आएको छ।आजको बजार र्याली कार्यक्रममा मास्क बिनै बजार क्षेत्रमा हिंडडुल गरिरहेका नागरिकलाइ प्रजिअ अधिकारि र प्रहरी प्रमुख महराले मास्क बितरण गर्नुका साथै सम्झाइ बुझाइ गराउनु भएको थियो।

May be an image of 1 person and outdoors

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार