होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराको कोल्टी डिपोमा ४ सय क्विन्टल चामल पुग्यो
समाचार

बाजुराको कोल्टी डिपोमा ४ सय क्विन्टल चामल पुग्यो

  • नागरिक रैबार
बाजुराको कोल्टी डिपोमा ४ सय क्विन्टल चामल पुग्यो

नागरिक रैबार/बाजुरा १७ असोज। बाजुराको कोल्टी डिपोमा ४ सय क्विन्टल चामल  पुगेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा चामल सकिएको २ महिनापछि डिपोमा चामल पुगेको हो ।

निरन्तरको वर्षाका कारण अवरुद्ध रहेका सडकका कारण चामल ढुवानी नहुँदा डिपोमा रहेको मौज्दात चामल सकिएको थियो । चामलको चरम अभाव भएको बेला चामल ढुवानी भएको छ ।

निरन्तरको वर्षाका कारण साँफे–मार्तडी तथा मार्तडी–कोल्टी सडक खण्ड नखुलेपछि चामल कर्णाली करिडोरबाट ढुवानी गरेको हो । चामल ४ सय क्विन्टल ५० केजी ढुवानी गरेको महतारले बताए । कोल्टी डिपोमा चामल पुगिसकेकाले खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले तत्काल सर्वसाधारणलाई चामल वितरण गर्ने जनाएको छ ।

विज्ञापन

सुचदेवि अर्डर सप्लायर्सले कर्णाली कोरिडोरबाट चामल ढुवानी गरेर खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी कोल्टी शाखामा पुगाएको छ । व्यापार कम्पनी र सप्लायर्सको कार्तिकबाट चामल ढुवानी गर्ने सम्झौता भएपनि चामलको चरम अभाव र आमसर्वसाधारणलाई सास्ती भएको भन्दै कठिनका साथ चामल ढुवानी गरेको सप्लायर्सले जनाएको छ ।

दशैंको मुखैमा खाद्यमा चामल अभाव भएको र सडकका कारण बजारमा महङ्गो मुल्य तिरेर खानु पर्ने बाध्यता सर्वसाधारणलाई परेको भन्दै चामल समयमै ढुवानी गरेको हो ।

साँफे–मार्तडी सडक करिब साढे पाँच महिना पुगिसक्दा पनि सडक खुलेको छैन् सडकका कारण मार्तडीबाट ढुवानी गर्न समस्या भएपछि कर्णाली करिडोरबाट चामल ढुवानी गरी कोल्टी डिपोमा पुगाएको सुचदेवि अर्डर सप्लायर्सका प्रो नन्द महताराले बताएका छन् । उहाँले यहाँका नागरिकहरुको समस्यालाई मध्येनजर गर्दै आफ्नो घाटाको मुल्यांकन नगरी चामल ढुवानी गरेको महताराले बताए ।

सम्झौता अगावै विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै चामल ढुवानी गर्ने ठेकेदारलाई कोल्टी डिपाले धन्यवाद दिएको छ । दशैंको मुखैमा चामल अभावले आमसर्वसाधारणले सास्ती खेप्नु परेको थियो ।  कोल्टी डिपोमा चामल पुगेपछि डिपो कार्यालयले तत्काल सर्वसधारणहरुलाई चामल वितरण गर्ने जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार