होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली कांग्रेस बाजुरामा देउवा र पौडेल समुह बीच प्रतिस्पर्धा हुने
समाचार

नेपाली कांग्रेस बाजुरामा देउवा र पौडेल समुह बीच प्रतिस्पर्धा हुने

  • नागरिक रैबार
नेपाली कांग्रेस बाजुरामा देउवा र पौडेल समुह बीच प्रतिस्पर्धा हुने

नागरिक रैबार/बाजुरा १७ असोज। नेपाली कांग्रेस बाजुराको सातौ जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचनका लागी देउवा र पौडेल समुह बीच प्रतिस्पर्धा हुने सम्भावना छ । शनिबारबाट सातौ जिल्ला अधिवेशन प्रारम्भ भई प्रश्चात सहमतिमै नेतृत्व चयन गर्ने प्रयास असफल देखिन्छ । भने जिल्ला सभापति निर्वाचनबाटै चुनिने जनाएको छ । अधिवेशनमा सभापतिका आकांक्षीहरू बढेपछि सहमती गर्ने प्रयास असफल भएको नेपाली काँग्रेस बाजुराले जनाएको छ ।

जिल्ला सभापतिका लागि कविराज पण्डित, महानेपाली, चक्रबहादुर शाह, धनराज पण्डित र रामसिंह रावलको उम्मेदवारी रहने छ । जिल्लाका प्रभावशाली नेताहरू अघि सारेका हुन् । कांग्रेस बाजुराका बहालवाल सभापती कविराज पण्डित, संविधान सभा सदस्य महानेपाली,महाधिवेशन प्रतिनिधि चक्रबहादुर शाह र संगठन विभाग प्रमुख धनराज पण्डित चारै जना देउवा निकट हुन् । भने यता रामसिंह रावल भने पौडल पक्षका बलिया उम्मेदवार हुन । देउवा पक्षका चार जना बिच सहमतीका आधारमा बहालवाल पाटी सभापती कविराज पण्डितलाई अगाडि सार्ने देखिन्छ ।

पौडेल पक्षबाट रामसिंह रावल चुनावी मैदानमा जाने भएका छन् । सभापतिमा आफू निकट मान्छे ल्याउने जोडबलका कारण सो क्षेत्रमा निर्वाचनबाटै नेतृत्व चयन हुने देखिएको छ । देउवाका विश्सिला पात्र पुर्व माननीय देवराज जोशीले सभापतिका आकांक्षी कविराज पण्डित, महा नेपाली, चक्र बहादुर शाह र धनराज पण्डितले एक आपसमा सहमती गरेरे एक जना उम्मेदवार हुनु पर्ने बताउँदै भएका छन् । रामसिंह रावललाई पौडेल पक्ष र सिटौला पक्षका नेताहरु बद्री प्रशाद पाण्डे, पुर्व भुमिसुधार मन्त्री जनकराज गिरी लगायतका नेताहरूको साथ छ । बाजुरा पौडेल पक्ष भन्दा देउवा पक्षनै बलियो देखिएको छ ।

विज्ञापन

सभापतीका उम्मेदवार कविराज पण्डित, महानेपाली, चक्र बहादुर शाह र धनराज पण्डित स्वयं प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र हुन् । नेतृत्व चयनका लागि देउवा पक्षका मतदाता निर्णायक देखिन्छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार