होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ पुस। बाजुराकाे बडीमालिका नगरपालिका-२ र ९ नम्बर वडाका ४० जना गरिव तथा विपन्न परिवारलाई न्यानाे कम्मल वितरण गरिएकाे छ । नेपाल प्रहरी श्रीमती संघ सुदुरपश्चिम प्रदेशको सहयाेगमा २ र ९ नम्वर वडाका ४० जना गरिव तथा विपन्नलाई ४० थान कम्मल र ५ पेटी विस्कुट सहयाेग गरिएको २ का वडा अध्यक्ष डम्बर महतले […]
राजेन्द्र बहादुर राेकाया/ बाजुरा ९ पुस। बाजुराका प्रतिनिधि सभा सदस्य दयाल बहादुर शाही हलियाका समस्या बुझ्न हलिया बस्तिमा पुग्नुभएको छ । बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा रहेका हलियाको समस्या बुझ्न प्रतिनिधि सभा सदस्य शाही आज उक्त बस्तिमा पुग्नुभएको हो । साँसद शाहीलाई पिपलडालीका हलियाहरुले एक छाक टार्न समेत समस्या भएको समयमा बस्ति माथिबाट आउने पहिरोले पुरै बस्ति […]
नागरिक रैबार/बाजुरा ९ पुस ।बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । खप्तड छेडेदह गाउँपालिकाको आयोजना र खापरदेवस्थली माविको सह- आयोजनामा राष्ट्रपति रनिङ […]
नागरिक रैबार/ बाजुरा ९ पुस । जिल्ला प्रहरी कार्यालय बाजुराको नवनिर्मित भवनको नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले उद्धघाटन् गरेका छन् । सोमबार एक औपचारिक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा निर्माण गरिएको मुख्य कार्यालयको प्रहरी महानिरिक्षक कुँवरले रिवन काटेर कार्यालयको उद्घाटन् गरेका हुन् । त्यस्तै प्रहरी परिसरभित्र निर्माण गरिएका व्यारेक, निवास, हिरासत कक्ष र […]
नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराकाे सदरमुकाम मार्तडी स्थित मालिका नमुना माविको विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा काँशी विक भएका छन् । बडीमालिका नगरपालिका वडा नम्बर ८ ले विकलाई अध्यक्षमा सिफारिस गरेपछि विव्यसले पूर्णता पाएको हो । अभिभावकबाट छानिएका, सम्बन्धीत वडाले सिफारिस गरेका र वुद्धिजीवीको कोटाबाट आएका व्यक्तिबीच को अध्यक्ष बन्ने भन्नेमा सहमति जुट्न नसकेपछि नेतृत्व छनोट […]
नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम बहादुर सिंहले सामाजिक संजाल फेसबुकमा भलिबल प्रशिक्षकको सुचनाबारे राखेको धारणामा बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण भएको छ । शनिबार पत्रकार सिंहले बुढीगंगा नगरपालिकाले खेल प्रशिक्षकको करार विज्ञापन खोलिएको भएपनि नगरपालिकाले आफ्नो वेव साइडमा राखेको, तर पालिकाका सबै वडाका […]
नागरिक रैबार/बाजुरा ७ पुस।गिफ्ट नेपाल बाजुराले आर्थिक बर्ष २०७९-८० को बार्षिक समिक्षा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गिफ्ट नेपालले बाजुराका विभिन्न पालिकामा परियोजना मार्फत एक वर्षमा भए गरेका कार्यक्रमहरुको वार्षिक समिक्षा र सामाजिक परिक्षण कार्यक्रम मार्फत आगामी वर्षमा गरिने कामहरूकाे सुझाव संकलन लगायतका बिषयमा जानकारी गराईएकाे छ । २०५३ सालमा बाजुरामा […]
नागरिक रैबार/बाजुरा ५ पुस।बडीमालिका नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मालिका माविले जितेको छ । विहिबार सम्पन्न प्रतियोगितामा ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक जितेर सदरमुकाम मार्तडीमा रहेको मालिका माविले यसपटक पनि प्रतियोगिताको उपाधि जितेको हो । त्यस्तै प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ४ कास्य सहित १६ पदक प्राप्त […]
काठमाडौं महानगरपालिकाले बाजुराको खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । पालिकाका तर्फबाट गरिएको मागलाई संवोधन गर्ने गरि महानगरले एम्बुलेन्स सहयोग गर्ने लिखित पत्र समेत पठाएको छ । खप्तड छेडेदह गाउँपालिकालाई नै संवोधन गरिएको पुस ३ गते जारी लिखित पत्र मार्फत माघ मसान्त भित्र प्रक्रिया पुरा गरि एम्बुलेन्स लिन अनुरोध पत्राचार गरिएको छ । […]
नागरिक रैबार/बाजुरा ३ पु्स । बडीमालिका नगरपालिका वडा नम्वर ९ का १० जना दलित महिलालाई आत्मनिर्भर बनाउन ३ महिने सिलाई कटाई तालिम दिईएको छ । लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोग तथा गिफ्ट नेपालको आयोजनामा असोज १ गतेबाट मंसिर ३० गतेसम्म संचालन भएको ३ महिने सिलाई कटाई तालिमको आज एक औपचारिक कार्यक्रमका विच सम्पन्न गरिएको […]
राजेन्द्र रोकाया/कोल्टी ३ पुस। बाजुरामा संचालन हुदै आईरहेको फियान नेपालले समाज परिवर्तन र नागरीकका हकमा अनकौं कार्यक्रम गर्दै आईरहेको छ । नागरीकले बाँच्न पाउनुपर्ने र आफैले केहि गर्नुपर्छ भन्ने सिकाएनमा अहिले फियान नेपाल जिल्लाका ग्रामिण क्षेत्रमा अग्रसर रहेको छ । फियान जस्तै कयौ संघसंस्थाले मुक्तिकोटका नागरीकलाई राहत दिएका छन् । फियान बाहेक अन्य संघसंस्थाले केहि […]
नागरिक रैबार/ बाजुरा ३ पुस। बाजुराबाट सुर्खेत जाँदै गरेको जीप अछाममा दुर्घटना भएको छ। मंगलबार बाजुराबाट सुर्खेत तर्फ जाँदै गरेको जीप अछाम जिल्लाको मंगलसेन नगरपालिका–७ सिन्जाडाँडामा भे १ च २५७६ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार बाजुराबाट सुर्खेततर्फ गइरहेको जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा […]
राजेन्द्र रोकाया। जिल्लाको बुढीनन्दा नगरपालिका संग स्थानीय खाध्य अधिकार संजालले पालिका भित्रका किसान सुचिकरणका बिषयमा छलफल गरेको छ । नगरभित्र रहेका खास किसान पहिचान गर्ने उद्देश्य सहित पालिकाका कृर्षकको सुचिकरणका बिषयमा छलफल भएको संजालका अध्यक्ष महेश कार्कीले बताउनुभयो । नगरभित्रका वास्तवीक किसान पहिचान गरी नगरपालिकाले परिचयपत्र उपलब्ध गराउने गरी छलफल भएको फियान नेपाल बाजुरा कार्यक्रम […]
काठमाडौं। सुदूरपश्चिम प्रदेशको बाजुरा केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज(सोमबार) बिहान ६ः५२ बजेतिर बाजुराको कोल्टी केन्द्र भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.५ रेक्टर स्केल मापन भएको छ। पछिल्लो समय देशका विभिन्न ठाउँमा सानो तथा ठूला भूकम्पहरु गइरहेका छन्। गत कात्तिकमा जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट जाजरकोट र […]
नागरिक रैबार/बाजुरा १ पुस।बाजुराकाे बडीमालिकामा नगर स्तरिय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । बडीमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापनमा राष्ट्रपति […]
नागरिक रैबार/बाजुरा निर्वाचन क्षेत्र क कुन्न्ना क्षेत्रका चारवटै पालिका कमिटीका अभियान को समिक्षात्मक बैठक सम्पन्न सारत केही शब्दमा । टाउको टेकेको हेगेलको दन्दवाद फायरवागको भौतिक वाद लाई माक्र्सले दुबैलाइ मिलाइ खुट्टा टेकेको दन्दात्मक ऐतिहासिक भौतिकवाद निर्माण गरि माक्स वाद स्थापित भयो । जुन दर्शन बिश्वब्यापी स्थापित छ। हाम्रा लागि एमाले काङ्ग्रेस हेगेल र फायर वाघ […]
नागरिक रैबार/बाजुरा २८ मंसिर। बाजुराका भुकम्प प्रभावित परिवारहरुका लागि पहिलो किस्ता वाफत निकासा भएको १४ करोड मध्ये १० करोड रकम फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय बाजुरालाई पत्राचार गर्दै १४ मध्ये १० करोड रकम विपद् व्यवस्थापन कोषमा फिर्ता गर्न अनुरोध गरेको […]
नागरिक रैबार/बाजुरा २७ मंसिर।प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले जिल्ला अस्पताल बाजुराको नवनिर्मित भवनको स्थलगत निरिक्षण गरेका छन् । बुधबार विहान तथा प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति जोशीले जिल्ला अस्पताल बाजुराको नयाँ बन्दै गरेको ५० शैयाको अस्पताल भवनको स्थलगत निरिक्षण गरेका हुन् । बझाङ जिल्लाका प्रतिनिधि सभा सदस्य […]
बाजुराका पत्रकार नहकुल जोशीको पहिलो ‘नाजवाफ’ नामक उपन्यासको आइतबार एक कार्यक्रमका विच विमोचन गरिएको छ । सुदुरपश्चिमको राजधानी धनगढीमा आयोजित समारोहमा उक्त पुस्तकको विमोचन प्रदेश प्रमुख देवराज जोशीले गरेका छन । विगत लामो समयदेखि पत्रकारीतामा कलम चलाउदै आउनुभएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको प्रथम कृति आइतवार सार्वजनिक भएको हो । उपन्यासमा मुख्य रुपमा राज्यब्यवस्था […]
नागरिक रैबार। मानव अधिकार पुरस्कार २०८०” बाट पत्रकार प्रकाश सिंह सम्मानित भएका छन् । मानव अधिकार दिवको अवसर पारी सिंहलाई राष्ट्रिय मानव अधिकार आयोगले सम्मान गरेको हो। सिंहले नगद ५० हजार पुरस्कार सहीत सम्मान प्राप्त गरेका हुन् । बडीमालिका खबरका सम्पादक समेत रहेका सिंह द हिमालय टाइम्समा कार्यरत छन् । दुई दशक देखि पत्रकारितामा सक्रिय […]