होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सांसद जोशीले गरे अस्पताल बाजुराको नवनिर्मित भवनको स्थलगत निरिक्षण
समाचार

सांसद जोशीले गरे अस्पताल बाजुराको नवनिर्मित भवनको स्थलगत निरिक्षण

  • नागरिक रैबार
सांसद जोशीले गरे अस्पताल बाजुराको नवनिर्मित भवनको स्थलगत निरिक्षण

नागरिक रैबार/बाजुरा २७ मंसिर।प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले जिल्ला अस्पताल बाजुराको नवनिर्मित भवनको स्थलगत निरिक्षण गरेका छन् ।

बुधबार विहान तथा प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति जोशीले जिल्ला अस्पताल बाजुराको नयाँ बन्दै गरेको ५० शैयाको अस्पताल भवनको स्थलगत निरिक्षण गरेका हुन् ।

बझाङ जिल्लाका प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति जोशीले अस्पतालको भवन निर्माण भएर संचालनमा आउने वित्तिकै अस्पतालमा आवश्यक पर्ने जनशक्ति र अन्य व्यवस्थापन गर्न सरकारसंग पहल गर्ने बताएका छन् ।

विज्ञापन

उनले जिल्लामा भुकम्पबाट प्रभावितहरुको परिवारको क्षतिको विवरण, प्रभावित परिवारलाई राहत लगायत शिक्षा ,स्वास्थ्य सूचना र प्रविधिको अवस्था बारे समेत जानकारी लिएका छन् ।

संघिय बजेटको सहरी बिकास मन्त्रालय अन्तरगतको २६ करोड ११ लाख ६१ हजार ३ सय ३९ रुपैयाको लागतमा डाँफे लोहनी पिएस कन्ट्रक्सनले अस्पताल निर्माण कार्य गरिरहेको छ । अहिले भवनको ८० प्रतिशत काम सकिसकेको छ ।

१५ शैयाको सेवा दिदै आएको जिल्ला अस्पताल बाजुरामा ५० शैयाको अस्पताल संचालनमा आएपछि छिमेकी जिल्ला मुगु, हुम्ला लगायतका नागरिकहरुले समेत सहज रुपमा स्वास्थ्य सेवा पाउने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् । जिल्ला अस्पताल बाजुरामा अहिले १८ जनाको स्थायी दरबन्दीे छ । अस्पतालले विशेषज्ञ सहितको सेवा दिदै आएको र अस्पतालको निर्माण कार्य सकिए लगत्तै ५० शैयाबाट सेवा सूरु गरिने अध्यक्ष कार्कीको भनाई छ ।

अस्पतालको निरिक्षण गर्न सांसद जोशी संगै बाजुराका प्रतिनिधि सभा सदस्य बद्री पाण्डे, प्रदेश सभा सदस्य पदमबहादुर शाही, पूर्व संविधान सभा सदस्य महाँ नेपाली, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, डिएसपी कविन्द्रसिंह बोहरा, जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख समिता पुन, काँग्रेस बाजुराका उपसभापति पदम बडुवाल, एमाले नेता काँशी बहादुर विक, नेकपा एस बाजुराका अध्यक्ष पुरबहादुर रावत, हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल, बडीमालिका नगरपालिकाका कार्यवाहक मेयर एंव वडा नम्वर ८ का अध्यक्ष चन्द्रबहादुर थापा, बुढीगंगाकी उपप्रमुख माया कुँवर, त्रिवेणी नगर उपप्रमुख कमला कुमारी न्यौपाने लगायत सहभागि थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार