होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका पत्रकार सिंह मानव अधिकार पुरस्कार २०८० बाट सम्मानित
Breaking News

बाजुराका पत्रकार सिंह मानव अधिकार पुरस्कार २०८० बाट सम्मानित

  • नागरिक रैबार
बाजुराका पत्रकार सिंह मानव अधिकार पुरस्कार २०८० बाट सम्मानित

नागरिक रैबार। मानव अधिकार पुरस्कार २०८०” बाट पत्रकार प्रकाश सिंह सम्मानित भएका छन् । मानव अधिकार दिवको अवसर पारी सिंहलाई राष्ट्रिय मानव अधिकार आयोगले सम्मान गरेको हो। सिंहले नगद ५० हजार पुरस्कार सहीत सम्मान प्राप्त गरेका हुन् ।

बडीमालिका खबरका सम्पादक समेत रहेका सिंह द हिमालय टाइम्समा कार्यरत छन् । दुई दशक देखि पत्रकारितामा सक्रिय सिंह सामाजिक सेवाका काममा पनि सक्रिय छन् । पत्रकारिता र समाज सेवा मार्फत मानव अधिकारको संरक्षणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

सिंहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गर्नु भएको हो । दुर्गम क्षेत्रमा पत्रकारिता र सामाजिक कार्यको माध्यमबाट मानवअधिकार संरक्षणको योगदान पुर्याएको भन्दै मानव अधिकार पुरस्कार बाट नगद ५० हजार सहित सम्मान गरेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले बताएका छन् । सिंह पत्रकार महासंघ बाजुराका निवर्तमान अध्यक्ष पनि हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार