होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समीक्षा
  • किसान सुचिकरण गर्न बुढीनन्दा नगरसंग खाध्य अधिकार संजालको छलफल
समीक्षा

किसान सुचिकरण गर्न बुढीनन्दा नगरसंग खाध्य अधिकार संजालको छलफल

  • नागरिक रैबार
किसान सुचिकरण गर्न बुढीनन्दा नगरसंग खाध्य अधिकार संजालको छलफल

राजेन्द्र रोकाया। जिल्लाको बुढीनन्दा नगरपालिका संग स्थानीय खाध्य अधिकार संजालले पालिका भित्रका किसान सुचिकरणका बिषयमा छलफल गरेको छ ।

नगरभित्र रहेका खास किसान पहिचान गर्ने उद्देश्य सहित पालिकाका कृर्षकको सुचिकरणका बिषयमा छलफल भएको संजालका अध्यक्ष महेश कार्कीले बताउनुभयो । नगरभित्रका वास्तवीक किसान पहिचान गरी नगरपालिकाले परिचयपत्र उपलब्ध गराउने गरी छलफल भएको फियान नेपाल बाजुरा कार्यक्रम संयोजक सविता थापाले बताउनुभएको छ ।

छलफलमा नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख नन्दबहादुर रोकायाले किसान सुचिकरण सम्बन्धी निर्दैशिका २०७७ अनुसार स्थानीय सरकारले आफ्नो कार्यक्रममा रहेको र किसानको सुचिकरण गर्न कार्यपालिकाको बैठकामा छलफल गर्ने बताउनुभएको छ । साथै सोहि कार्यक्रममा खाध्य अधिकार हननका बिषयमा समेत अन्तक्रिया गरीएको छ ।

विज्ञापन

बुढीनन्दा नगरपालिका स्थानीय खाध्य अधिकार संजालका अध्यक्ष महेश कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बुढीनन्दा नगरपालिकाका कार्यवाहक नगर प्रमुख नन्दबहादुर रोकाया रहनुभएका थियो । कार्यक्रममा बुढीनन्दा नगरपालिका–३ का अध्यक्ष तथा नगर प्रबक्ता जंगवीर रोकाया, ४ का अध्यक्ष जुलफे रोकाया, ६ का अध्यक्ष गजेन्द्र बहादुर शाही, ९ का अध्यक्ष मानबहादुर रावत प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शाह, फियान नेपाल बाजुरा कार्यक्रम संयोजक सविता थापा नगर भित्र संचालित सम्पूर्ण गैह्र सरकारी संस्थाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार