होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रतिनिधिसभा सदस्य शाही हलियाका समस्या बुझ्न हलिया बस्तीमा
Breaking News

प्रतिनिधिसभा सदस्य शाही हलियाका समस्या बुझ्न हलिया बस्तीमा

  • नागरिक रैबार
प्रतिनिधिसभा सदस्य शाही हलियाका समस्या बुझ्न हलिया बस्तीमा

राजेन्द्र बहादुर राेकाया/ बाजुरा ९ पुस। बाजुराका प्रतिनिधि सभा सदस्य दयाल बहादुर शाही हलियाका समस्या बुझ्न हलिया बस्तिमा पुग्नुभएको छ ।

बुढीनन्दा नगरपालिका–१ पिपलडालीमा रहेका हलियाको समस्या बुझ्न प्रतिनिधि सभा सदस्य शाही आज उक्त बस्तिमा पुग्नुभएको हो । साँसद शाहीलाई पिपलडालीका हलियाहरुले एक छाक टार्न समेत समस्या भएको समयमा बस्ति माथिबाट आउने पहिरोले पुरै बस्ति नै जोखिममा रहेको र कतै सरकारले बस्ति स्तान्तरण गरिदिन माग समेत गरेका छन् ।

हलियाका समस्या सरकारका प्रतिनिधिहरुले सुनेपनि नसुनेजस्तो गरेकोमा आक्रोश भएका थिए । हलिया परिवारहरुको खान बस्नको ठेगान छैन् बालबालिकालाई बिद्यालय पठाउनु टाढाको कुरा रहेको सगुने शार्कीले गुनासो गर्नुभएको छ ।

विज्ञापन

साँसद शाहिले हलियाको बस्तिमा पुगेर हलियाका समस्याहरु सुनेपछि समाधानमा आफ्नो सक्ने पहल रहने बताउनुभयो । साँसद शाहीले कामलाई सानो ठुलो नमानी ब्यबसायिक बन्न समेत आग्रह गर्नुभएको छ ।

सरकार जुन दलको भएपनि हलियाका समस्या समाधानमा सबै दल एकजुट हुनुपर्ने र आफु पनि बाजुराका समस्या बोल्न संसदमा पुगेकोले संसदमा हलियाको आवाज उठाउन पछि नपर्ने बताउनुभयो ।

नागरीकको बाँच्न पाउने अधिकारका बिषयमा संसदमा सांसदले बुलन्द आवज उठाउनेमा फियान नेपाल बाजुरा कार्यक्रम संयोजक सविता थापाले बश्विास ब्यक्त गर्नुभयो ।

साथै प्रतिनिधि सभा सदस्य दयालबहादुर शाहीलाई फियान नेपाल बाजुराद्धारा संचालित मुक्त हलिया खाद्य अधिकार प्रभावित समुह बुढीनन्दा नगरपालिका १ पिपलडालिले ६ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । निशुल्क उपचारदेखि हलियाको लगत संकल गर्नुपर्ने १ बदे माग सहित ध्यानाकर्षण पत्र बुझाएको समुहका अध्यक्ष सुरशा ल्वारले बताउनुभयो ।

समुहका अध्यक्ष सुरसा ल्वारको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दयाल बहादुर शाही रहनुभएको थियो ।

कार्यक्रममा बुढीनन्दा नगरपालिका १ का वडाध्यक्ष मानबहादुर कार्की, कार्यपालिका सदस्य हिक्मत वड महिला अधिकार समुहकी अध्यक्ष सुशिला शाही स्थानीय खाद्य अधिकार संजाल बुढीनन्दाकी उपाध्यक्ष कालिका उपाध्याय फियान नेपाल बाजुरा कार्यक्रम संयोजक सबिता थाप लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार