होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकामा चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरू
देश/प्रदेश

बडीमालिकामा चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरू

  • नागरिक रैबार
बडीमालिकामा चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूरू

नागरिक रैबार/बाजुरा १ पुस।बाजुराकाे बडीमालिकामा नगर स्तरिय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ ।

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो ।

बडीमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता मालिका माविकाे खेलमैदानमा सुरु भएको नगरपालिकाले जनाएको छ ।

विज्ञापन

चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको आज मालिका माविमा एक औपचारिक कार्यक्रमका बिच समुद्घाटन गरिएको छ भने आजैबाट उक्त प्रतियोगितामा समावेश खेलहरु खेलाइने नगरस्तरिय खेलकुद विकास समिति संयोजक राजेश पायल विकले बताएका छन । उक्त चौथो नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा नगरपालिकाभरिका ११ वटा बिद्यालयहरु सहभागी भएका छन ।

खेल क्षेत्रले बिद्याथीहरूको व्यक्तित्व विकास पनि हुने भएकाले यस क्षेत्रको विकासका लागि सबैले एक्यबद्धताका साथ लाग्नुपर्ने कार्यकममा बोल्ने वक्ताहरुले बताएका छन ।

बडीमालिका नगर स्तरिय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकको अध्यक्षतामा सञ्चालन भएको प्रतियाेगितामा प्रमुख अथिति सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाही रहेका थिए ।

त्यसै गरि विशिष्ट अथितिमा बडिमालिका नगरपालिका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए भने अथितिमा नगर उपप्रमुख नन्दा थापा, प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला खेलकुद समिति अध्यक्ष राकेश थापा, बडिमालिका ८ का वडा अध्यक्ष चन्द्र थापा, ५ का अध्यक्ष धर्मपाल मिजार, सशस्त्र प्रहरी गुल्म आश्रित बाजुराका गुल्मपति शंकरदत्त तिवारी, विभिन्न बिद्यालयका शिक्षक, बिद्याथी लगायतको उपस्थिति रहेको थियो ।

मालिका माध्यमिक बिद्यालयका प्राचार्य शुभराज तिमिल्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन बडिमालिका शिक्षा युवा तथा खेलकुद शाखाका राम बहादुर कटुवालकले गरका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार