होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुक्तिकोटका नागरीकलाई फियानले देखाएको बाटो
समाचार

मुक्तिकोटका नागरीकलाई फियानले देखाएको बाटो

  • नागरिक रैबार
मुक्तिकोटका नागरीकलाई फियानले देखाएको बाटो

राजेन्द्र रोकाया/कोल्टी ३ पुस।  बाजुरामा संचालन हुदै आईरहेको फियान नेपालले समाज परिवर्तन र नागरीकका हकमा अनकौं कार्यक्रम गर्दै आईरहेको छ । नागरीकले बाँच्न पाउनुपर्ने र आफैले केहि गर्नुपर्छ भन्ने सिकाएनमा अहिले फियान नेपाल जिल्लाका ग्रामिण क्षेत्रमा अग्रसर रहेको छ ।

फियान जस्तै कयौ संघसंस्थाले मुक्तिकोटका नागरीकलाई राहत दिएका छन् । फियान बाहेक अन्य संघसंस्थाले केहि महिना खान र केहि बर्ष लाउन पुग्ने गरी राहत दिएर गरुपनि फियान नेपालले भने दिर्घकालिन रुपमा आफैले गरेर खानुपर्ने कुरा सिकाउदै आएको छ । मुक्तिकोटका नागरीकलाई गाउँमै केहि गरेर खानुपर्छ भन्ने कुरा सिकाउदै आएको छ ।

अहिले फियानले गर्दा गाउँका नागरीक एकदुई दिनलाई खाना दिनु मात्रै राहत नभएर दिर्घकालिन रुपको लागी आफैले केहि गर्नुपर्छ भन्ने जनचेतना जागेको स्थानीले बताएका छन् । मुक्तिकोटका स्थानीयका लागि माटो सुहाउदो बाली उत्पादन लगायतका क्षेत्रमा पालिकाको कृषि शाखाले काम गरीरहेको गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताउनुभयो ।

विज्ञापन

अध्यक्ष रोकायाका अनुसार भोकका कारण कुपोषणले ग्रसित बस्तीका रुपमा रहेको र पालिकाले बिषेश प्रथमिकतामा राखेर बिषेश काम गरीरहेको बताउनुभयो । पालिकाको उक्त बस्तीमा अहिले ६ जना अति जोखिममा रहेको र हाल औंषधी सेवन गरीरहेका छन् भने अन्य १० कुपोषणबाट ग्रसित रहेका छन् । मुक्तिकोटमा समुह बनाइएर गाउँमै तरकारी खेति गर्नेमा समेत स्थानीय आकर्षित देखिएका छन् ।

सिचाई सुबिधा नभएको मुक्तिकोटमा जेनतेन पानिको जोहो गरेर तरकारी खेति गरीरहेको स्थानीएको भनाई रहेको छ । भारतको कमाईले जिविको पार्जनदेखि बालबालिकाहरु बर्षौदेखि कुपोषणका कारण ज्यान गुमाईरहेका छन् । मुक्तिकोटमा अहिले ३ सय ८० दलित परिवार बसोबास गर्दै आईरहेका छन् । उक्त बस्तीमा सयौंको संख्यामा बालबालिकाहरु कुपोषणको सिकार बनिरहेका छन् । पोषिलो र पेटभरी खान नपाउदा कुपोषणको सिकार बन्नुपरेको हो । गर्भवति, सुत्केरी महिला र नवजात शिशुहरु बढी कुपोषणको मारमा रहेका छन् ।

उक्त समुदायका मानिसहरुको औंषत आयु ५६÷५७ बर्ष भन्दा कम रहेको छ । समयमा खान नपाउनुका साथै अशिक्षा र अन्धबिश्वास लगायत धेरै समस्याले गुज्रिएको मुक्तिकोट बिस्तारै परिवर्तको बाटोमा गएको स्थानीय धनमल विकले बताए । खानेपानी चरम अभाव रहेको छ । पानी नहुदा नै सबैभन्दा बढी समस्या भएको विकले बताए । केही समय देखि मुक्तिकोटमा नेपाल सरकार, फियन नेपाल सहीतका सरकारी तथा गैर सरकारी निकायले काम गरिरहेका छन् । फियानले मुक्तिकोटमा समुह बनाएर काम गरेपछि मुक्तिकोटका जनतामा चेतन बढ्दै गएको गाउँमा गठन गरिएको कुपोषण खाद्य अधिकार प्रभावित समूहका सहजकर्ता धनपति विकले बताए ।

अहिले गाउँमा आफैले केहि गर्नुपर्छ र सानै उमेरमा बिबाह गर्नुहुदैन धेरै सन्तान जन्माउनु हुदैन भारतमा गएर मात्रै जिपिका पार्जन गर्न सकिन्छ भन्ने नागरीकको सोचमा परिवर्तन आएको विकले बताए । अभाव र समस्या पुरानै अवस्थामा रहेको भएपनि नागरीकको सोचमा केहि परिवर्त आएको फियन नेपालका बाजुरा प्रतिनिधी सविता थापाले बताएकी छन् । केही गर्न सुरुवाद गरिएपनि अझै धेरै गर्नु पर्ने र राज्य थप जिम्मेवार हुनु पर्ने, संघसंस्था र सरकार मिलेर काम गर्दा जनताका अभाव र समस्या समाधानमा सहज हुने थापाले बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै