होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • खेलकुद
  • नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मालिका माविलाई
खेलकुद

नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मालिका माविलाई

  • नागरिक रैबार
नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डको उपाधि मालिका माविलाई

नागरिक रैबार/बाजुरा ५ पुस।बडीमालिका नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मालिका माविले जितेको छ । विहिबार सम्पन्न प्रतियोगितामा ४७ स्वर्ण, १३ रजत र ४ कास्यसहित ६४ पदक जितेर सदरमुकाम मार्तडीमा रहेको मालिका माविले  यसपटक पनि प्रतियोगिताको उपाधि जितेको हो ।

त्यस्तै प्रतियोगितामा ९ स्वर्ण, ३ रजत र ४ कास्य सहित १६ पदक प्राप्त गरि बडीमालिका नगरपालिका २ को सत्यवादी मावि दोस्रो बनेको छ । त्यस्तै ८ स्वर्ण, ६ रजत र १० कास्यसहित २४ पदक जितेर क्रियटर जोन एकेडेमी तृत्तिय भएको छ ।

बडीमालिका नगरपलिकाको आयोजना र बडीमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यवस्थापनमा पुस १ गतेबाट सो प्रतियोगिता मालिका माविको खेलमैदानमा संचालन गरिएको थियो ।

विज्ञापन

प्रतियोगितामा ४ वटा एथलेटिक्स, भलिवल, कवड्डी र मार्सलआर्ट विधामा सहभागि विद्यालयहरुविच प्रतिष्पर्दा गराईएको थियो ।प्रतियोगितामा विजेता बनेका खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रले पुरस्कृत गर्दै कार्यक्रमको समापन गरिएको बडीमालिका नगरस्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकले बताएका छन् ।

प्रतियोगितामा विभिन्न खेलमा सहभागी विद्यार्र्थीबाट उत्कृष्ट खेलाडीहरुलाई कोल्टीमा हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी गराइने आयोजकले बताएको छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाहीले उद्धघाटन् गरेको नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो ।

बडीमालिका नगरस्तरीय खेलकुद विकास समितिका संयोजक राजेश पायल विकको अध्यक्षतामा सम्पन्न गरिएको प्रतियोगितामा प्रमुख अतिथि बडीमालिकाका नगरप्रमुख अमर खड्का रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथि उपप्रमुख नन्दा कुमारी थापा, प्रमसख जिल्ला अधिकारी भिमकान्त पौडेल, डिएसपी कविन्द्र सिंह बोहरा, बडीमालिका ८ का वडा अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्यकिरण विक, मालिका माविका विव्यस अध्यक्ष काँशी विक लगायत अतिथि रहेका थिए ।

प्रतियोगीतामा नगरपालिका भरिका ११ वटा बिद्यालयहरु सहभागी भएका थिए । प्रतियोगितालाई ४ हजार बढी खेलप्रेमी दर्शकहरुले प्रत्येक्ष अवलोकन गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार