होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मालिका नमुना माविकाे विव्यस अध्यक्षमा काँशी विक
Breaking News

मालिका नमुना माविकाे विव्यस अध्यक्षमा काँशी विक

  • नागरिक रैबार
मालिका नमुना माविकाे विव्यस अध्यक्षमा काँशी विक

नागरिक रैबार/बाजुरा ८ पुस। बाजुराकाे सदरमुकाम मार्तडी स्थित मालिका नमुना माविको विद्यालय व्यवस्थापन समितिकाे अध्यक्षमा काँशी विक भएका छन् ।
बडीमालिका नगरपालिका वडा नम्बर ८ ले विकलाई अध्यक्षमा सिफारिस गरेपछि  विव्यसले पूर्णता पाएको हो । अभिभावकबाट छानिएका, सम्बन्धीत वडाले सिफारिस गरेका र वुद्धिजीवीको कोटाबाट आएका व्यक्तिबीच को अध्यक्ष बन्ने भन्नेमा सहमति जुट्न नसकेपछि नेतृत्व छनोट प्रक्रिया करिव सात महिना लम्बिएको थियो ।

विद्यालय व्यवस्थापन समिति गठनको करिब ७ महिना पछि समितिले पूर्णता पाएको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । विव्यस गठनका लागि पहिलो अभिभावक भेला गएको जेष्ठ १९ गते बोलाइएको थियो ।

भेलाबाट क समूह अर्थात खुला तर्फ काशी विक, जनक थापा, दुर्गा थापा र राधीका उखेडा विक चयन भएका थिए । भने वडा कार्यालयका तर्फबाट कर्णबहादुर रावल, वुद्धिजिवीबाट माया खड्का र वडा कार्यालयका तर्फबाट बडीमालिका ८ का अध्यक्ष चन्द्रबहादुर थापा स्वयम सिफारिसमा परेका थिए ।

विज्ञापन

ती मध्ये अध्यक्षका लागि काशी विक र जनक थापाको बलियो दाबेदारी परेको थियो । साविक मार्तडी गाविस र त्यसैमा ८ नम्बर वडाको विद्यालय भएकोले त्यसै भित्रकै अभिभावकको दाबी हुनु पर्ने अडानमा एक थरिले मत राख्दै आएका थिए भने अर्को तर्फ मालिका मावि देशकै नमुना र जिल्लाकै साझा विद्यालय भएकोले संस्थागत विकासमा योग्यता र मापदण्ड पुगेका जो कोहीले नेतृत्व गर्न पाउनु पर्ने दाबी गरिरहेका थिए ।

पवित्र क्षेत्रलाई राजनीति गर्ने थलोको रुपमा लिने भन्दा पनि सहमति र सहकार्यमा साझा र संस्थागत विकास गर्ने गरि समझदारी पूर्ण नेतृत्व छनोटलाई ध्यानमा राखेर काशी विकलाई सिफारिस गरिएको बडीमालिका ८ का अध्यक्ष चन्द्रबहादुर थापाले बताएका छन् । थापाले मालिका नमुना माविको इतिहासमा दलित समुदायबाट पहिलो पटक विव्यस अध्यक्ष बन्ने रेडर्क समेत आफूले राख्न सफल भएको दाबी गरेका छन् ।

मालिका माविमा हाल २ हजार ३ सय बढी विद्यालय अध्ययनरत छन् । शिक्षा, कानुन, मानवीकी र व्यवस्थापन संकाय कक्षा ११ र १२ तर्फ पढाइ हुने गरेको छ । भने १८ र ३ वर्षे सिभिल ओभरसियर कक्षा पनि सञ्चालन भइरहेका छन् ।

अध्यक्षको जिम्मेवारी पाएका काशी विक नेकपा एमालेका पार्टी कार्यालय सचिव हुन् । पार्टी प्रचार विभाको जिम्मेवारीमा रहेका विकले सामाजिक रुपान्तरणको अभियानमा पनि दशक लामो अनुभव बटुलेका छन् । युवा जोस र जागँर भएको त्यो अनुभवलाई नै विकले शैक्षिक सुधारका लागि खर्चिनु पर्ने जिम्मेवारी प्राप्त गरेका छन् ।
उनले गैर सरकारी संस्थाको केन्द्रीय स्तरको नेतृत्व लिने जिम्मेवारी पाएका थिए । भने प्रष्ट विचार राख्न सक्ने क्षमता र योजना बनाउन सक्ने व्यक्तित्व छवी बनाएका विकले मालिकाको नेतृत्व पाएसँगै केही फरक र थप सुधार हुने अपेक्षा गरिएको छ । 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार