होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिकाका महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम
समाचार

बडीमालिकाका महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम

  • नागरिक रैबार
बडीमालिकाका महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम

नागरिक रैबार/बाजुरा ३ पु्स । बडीमालिका नगरपालिका वडा नम्वर ९ का १० जना दलित महिलालाई आत्मनिर्भर बनाउन ३ महिने सिलाई कटाई तालिम दिईएको छ ।

लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोग तथा गिफ्ट नेपालको आयोजनामा असोज १ गतेबाट मंसिर ३० गतेसम्म संचालन भएको ३ महिने सिलाई कटाई तालिमको आज एक औपचारिक कार्यक्रमका विच सम्पन्न गरिएको छ ।

(LWF) को प्राविधिक र गिफ्ट नेपालको आयोजनामा संचालित सहास (II) परियोजना अन्तरगत बडीमालिका –९ का १० जना महिलालाई ३ महिने सिलाई कटाई तालिम दिईएको र तालिमको आज एक औपचारिक कार्यक्रमका बीच बडीमालिका नगरपालिकामा सम्पन्न गरिएको गिफ्ट नेपालका प्रवन्धक कृष्ण अधिकारीले बताएका छन् ।

विज्ञापन

तालिम अवधिभर सिकेका कुराहरुलाई व्यवहारमा उतार्न निरन्तर लागिरहने तालिममा सहभागी निर्मला उखेडाले बताएकी छन् । उनले भनिन् यो तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न सजिलो हुनेछ ।

तालिम समापन कार्यक्रममा वडा नम्वर ९ का वडा अध्यक्ष सूर्यकिरण विकले वडा भित्रका दलित तथा विपन्न परिवारका महिलाहरुका लागि गिफ्ट नेपालले दिएको यो तालिमले महिलाहरुलाई स्वरोजगार बन्न सजिलो हुने बताएका छन् ।

No description available.

सिलाई कटाई तालिमको समापन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नन्दा कुमारी थापाले घरको चुलो चौकोमा मात्रै सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन यो तालिमले महत्वपूर्ण सहयोग पुग्ने बताएकी छन् । उनले नगरपालिकाले महिलाहरुलाई उद्यमसँग जोड्ने यस्तै किसिमका अन्य उपयोगी तालिम समेत सञ्चालन गर्दै जाने बताईन् ।

No description available.

३ महिने तालिमको बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले तालिममा सहभागिहरुलाई प्रमाणपत्र र सिलाई कटाई सम्वन्धिका सामाग्रीहरु हस्तान्त्रण गर्दै सम्पन्न गरेका छन् । तालिमको समापन गर्दै नगरप्रमुख खड्काले महिलाहरुलाई सहज जीवनयापनका लागि यो तालिम अतिनै महत्वपूर्ण रहेको बताए । उनले सीप सिकेर व्यवसायिक बन्न तालिममा सहभागि महिलाहरुलाई आग्रह समेत गरेका छन् ।

No description available.

नगरभित्रका महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सके मात्रै नगरको समृद्धि हुने भएकोले यस्ता सिपमुलक तालिमका लागि आफुले पालिकाबाट सक्दो सहयोग गर्ने नगरप्रमुख खड्काले बताएका छन् ।

त्यस्तै समापन कार्यक्रममा बोल्दै प्रशिक्षक झलकबहादुर नेपालीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न सहभागि महिलाहलाई आग्रह गरेका छन् । तालिममा सहभागी महिलाहरुलाई करिव १४ हजार बरावरको सिलाई कटाइ सम्वन्धिको सामाग्रीहरु समेत प्रदान गरिएको छ ।

No description available.

गिफ्ट नेपालका कार्यक्रम प्रवन्धक कृष्ण अधिकारीको अध्यक्षतामा गरिएको समापन कार्यक्रमको प्रमुख अतिथि बडीमालिकाका नगरप्रमुख अमरबहादुर खड्का रहेका थिए । कार्यक्रममा उपप्रमुख नन्दा कुमारी थापा, बडीमालिका ९ का वडा अध्यक्ष सुर्यकिरण विक, कार्यपालिका सदस्य तुलसी नाथ विशिष्ट अतिथी रहेका थिए । कार्यक्रमको संचालन गिफ्ट नेपालद्धारा संचालित सहास (II) परियोजनाका जिविकोपार्जन प्रर्वद्धक जयराज जैशीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार