होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रामबहादुर विक/बाजुरा २७ भदौ। जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ३ ताँप्रा घर भएकी १७ वर्षिया किसोरी रुदै न्याय माग्न जिल्ला प्रहरी कार्यलय बाजुरामा पुगेकि छन् । करिव १ वर्ष अगाडि गाउँकै करन नेपालीले आफु संग विबाह गर्छु भन्दै शारिरीक सम्बन्ध समेत राखेर अहिले अकैै केटीसंग विबाह गरेपछि आफु अलपत्र परेको नागरिक रैबारसँग उनले गुनासो गरेकी […]
नागरिक रैबार/बाजुरा २७ भदाै । बडीमालिका नगरपालिकामा कर्मचारीहरुको छाता संगठन नगर स्तरीय मंच गठन गरिएकाेे छ । नगरपालिकाकै वीरबहादुर विष्टको अध्यक्षतामा बडीमालिका नगर स्तरिय स्थानीय तह कर्मचारी हक हित मञ्च गठन गरिएको हाे। जसमा अध्ययक्षमा वीरबहादुर विष्ट, उपाध्यक्ष माया अवस्थी, सचिवमा रामबहादुर कटुवाल, सह सचिवमा नवराज बुढा, कोषाध्यक्षमा सरिता कुमारी ठकुल्ला र सदस्यमा इश्वरा कुमारी […]
नागरिक रैबार/बाजुरा २७ भदौ। विश्व यतिवेला कोरोना भाईरस संग लडिरहेको छ । नेपालमा दिनहँुजसो संक्रमित थपिरहेका छन् । त्यस्तै कोरोनाकै कारण मर्नेको संख्यापनि दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले लामो सयमदेखि जारी गरेको लकडाउनका कारण दुर्गम क्षेत्रका अतिविपन्न परिवारको घरमा चुल्हो बल्ने स्थिति पनि छैन् । उनीहरु बेसहारा परिवारका लागि खाद्यन्न तथा राहत जुटाउन बुढीगंगा […]
राम बहादुर विक/बाजुरा २६ भदौ । गत साउन २५ गते राति अविरल बर्षासंगै बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिव्रिज बगाएपछि साँफे-मार्तडी सडकको सम्वन्ध विच्छेद भएको थियो । बाढीले उतm ठाँउमा रहेको बेलीब्रिज पुल बगाएपछी स्थानियहरुलाई आवत जावत गर्न निकै सास्ती खेप्नु परेको थियो ।स्थानियहरुले सास्ती खेपी रहेको केही दिन पछी बडिमालिका नगरपालिका वडा ५ […]
नागरिक रैबार/बाजुरा २५ भदौ। बडीमालिका नगरपालिकाको ८ नंम्बर वडा भित्रका विभिन्न होटल तथा पसलबाट म्याद नाघेका अवैध मदिरा प्रहरीले नष्ट गरेको छ । विहिबार जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीको टोलीले बडीमालिका नगरपालिका ८ स्थित राप्क बजार बाट ५ पेटी वियर, पाँच लिटर घरेलु मदिरा बरामद गरेको थियो । बरामद गरेको मदिरा जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार/बाजुरा २३ भदौ। बडीमालिका नगरपालिकाले संचालन गरिरहेको महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत उप-प्रमुखको सुत्क्यारो भाँडो नगरका गर्भवति र सुत्केरी आमालाई हस्तान्त्रण गरिएको छ । नगरपालिकामा संचालन भईरहेको महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत कोभिड-१९ बाट प्रभावित बनेका नगर भित्रका गर्भवति तथा सुत्केरी आमालाई उप-प्रमुखको सुत्क्यारोे भाँडो अन्तरगत पोषण सम्वन्धि विभिन्न सामाग्री हस्तान्त्रण गरिएको हो । बडीमालिका नगरपालिकाको […]
रामबहादुर विक। विधुत सट भएर बडिमालिका नगरपालिका वडा नं ९ मा रहेको एक घरमा आगलागि भएको छ । आइतबार दिउसो करिव २ बजे तिर विद्युतको तार सट भएर सोही नगरपालिका वडा नं ९ का स्थानिय सुर्य थापाको घरमा लागलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विधुत सट भएर आगलागी हुदा घरका भ्याल ढोका […]
नागरिक रैबार/बाजुरा २१ भदौ । बाजुरा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले स्वदेशमै केही गरि खाने युवाहरुले आफ्नो ठाउँको यसरी नै माटो चलाए पुग्ने बताएका छन् । शनिवार दिउँसो बडीमालिका नगरपालिका वडा नं. ९ स्थित अनाई खोलाको किनारमा व्यवसायीक रुपमा टमाटर खेति गरिरहेकी माया विकको तरकारी खेतीको अवलोकन गर्दै सो कुरा बताएका हुन् । […]
रामबहादुर विक/बाजुरा २१ भदाै । सदरमुकाम मार्तडी-कोल्टी सडक खण्ड तिन महिना देखी अवरुद्ध भएको छ । असार पहिलो हप्ताबाट अवरुध भएको मार्तडी कोल्टी सडक खण्ड भाद्र मसान्त सम्म खोल्न सकेको छैन । अविरल बर्षातका कारण ठाँउ ठाँउमा भत्किएर बन्द भएको सडक तिन महिना विति सक्दा पनी सुचारु नभएको पाइएको छ । सडक सूचारु नहुदा मार्तडी […]
नागरिक रैबार/बाजुरा १९ भदौ। बुढीगंगा नदिमा आएको बाढीका कारण ताँप्रीसेराको पुल बगाएपछि आवत जावत गर्न स्थानीयहरुले उक्त ठाउँमा तुईन जडान गरेका छन् । करिव डेढ महिना अघि बाढीका कारण ताँप्रीसेराको पुल बगाएपछि साविकको कैलाशमाण्डौं जाने र आउने स्थानीयलाई समस्या हुँदै आएको थियो । पुल बगाएपछि कैलाशमण्डौं जाने स्थानीयहरु एक घण्टाको पैदल यात्रा गरेर बल्दे नजिकैकोे […]
नागरिक रैबार/बाजुरा १९ भदौ। त्रिभुवन विश्व विद्यालयका चर्चित विद्यार्थी युवा हेमराज थापाले बाजुराको बडीमालिका नगरपालिका वडा नं. २ स्थित घाघरका बाढीपिडित परिवारलाई राहत स्वरुप खाद्यन्न वितरण गरेका छन् । गत साउन २५ गते बुढीगंगा नदिमा आएको बाढीका कारण विस्थापित बनेका घाघरबासीलाई शुक्रबार गाउँमै पुगेर उनीहरुलाई खाद्यन्न वितरण गरेका हुन् । खप्तड मालिका युवा संजालको पहल […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सामाजिक अभियान्ता तथा एविसी टेलिभिजनमा प्रसारित चर्चित लाईभ लोकदोहोरी कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेलले बाजुराका र अछामका बाढीपिडितलाई १३ लाख ५० हजार बराबर नगद सहयोग गरेका छन् । वर्षातको समयमा बाढी पहिरोबाट विस्थापित बनेका बाजुरा र अछामका बाढीपीडितलाई कंडेलले सम्वन्धित ठाउँमै पुगेर पिडित परिवारलाई राहत स्वरुप नगद १३ ५० हजार बराबर […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोलीले बाढी प्रभावित परिवारलाई राहत वितरण गरेको छ । विहिबार मुख्यमन्त्री सहितको टोलीले अछाम र बाजुरा जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन सहित बाढीपहिरोबाट प्रभावित बनेका परिवारलाइ राहत वितरण गरेको हाे । मुख्यमन्त्रि सहितको टोलीले बाजुरामा गत साउन २५ गते र भदौ २ गते […]
बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा ५ जना जुवाडे पक्राउ परेका छन । बिहीबार दिउसो सदरमुकाममा मार्तडी नजिकै एक होटलबाट पक्राउ परेका हुन । होटल हिलटपमा जुवा खेलीरहेको अबस्थामा प्रहरीको बिषेश सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिहं ठगुन्नाले बताएका छन । ३३ हजार नगद सहित ५ जना पक्राउ […]
नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली अछामको रामारोशन र बाजुराको बाढी पहिरोे प्रभावित क्षेत्रमा अनुगमन गर्न आउने भएका छन् । अविरल वर्षासंगै बाढी पहिरोका कारण क्षेती भएको अछामको रामारोशन गाउँपालिका र बाजुराको त्रिवेणी, बुढीगंगा, बुढीनन्दा र बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका विभिन्न प्रभावित ठाउँको स्थलगत अनुगमन गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री […]
नागरिक रैबार/बाजुरा १७ भदौ। त्रिभुवन विश्व विद्यालयका चर्चित युवा विद्यार्थी हेमराज थापालाई गृह जिल्ला बाजुरामा भव्य स्वागत गरिएको छ । बुधबार साँझ बाजुरा सदरमुकाम मार्तडी पुगेका विद्यार्थी थापा सहितको टोलीलाई खप्तड मालिका युवा संजाल बाजुराका युवाहरुले फुलमाला, खादा र अविर लगाई भव्य स्वागत गरेकाे खप्तड मालिका युवा संजाल बाजुराका वरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले बताएका छन् […]
नागरिक रैबार/बाजुरा १६ भदौ। बडीमालिका नगरपालिका वडा नं. ९ का अतिविपन्न परिवारका ७ जना बालवालिकालाई ३ महिने निशुल्क कम्प्युटर तालिम दिईने भएको छ । नेकपा बडीमालिका ९ नंम्बर वडा संगठन कमिटीको पहल र ९ नम्बर वडाको समन्वय तथा एटुजेट कम्प्युटर सेन्टरको प्राविधिक तथा आर्थिक सहयोगमा वडा भित्रका अति विपन्न परिवारका ७ जना बालवालिकालाई ३ महिने […]
बाजुरा जिल्लामा असार यता अविरल बर्षासँगै आएको बाढी र पहिरोले साँफे मार्तडी सडकखण्ड छेदविच्छेद् भएको लगभग तीन महिना जति पुग्न लागि सकेको छ । यस विषयमा जन चाँसो राख्ने जो कोहीले सामाजिक सञ्जाल वा नयाँ प्रविधि अनुसारको भर्चअल गफ र नेताहरुको फूर्सदको राजनीति सिबाहेक अरु केही हुन सकेको छैन् । तर, त्यस यता बाजुराली जनताले […]
अर्जुन शाह। फुर्सद मिल्यो कि बडिमालिका खबर र नागरिक रैबार पल्टाइरहन्छु । शनिवार मध्यान्ह्रतिर पनि बडिमालिका खबर पल्टाउँदै थिएँ । संयोगले त्यसभित्र कुनै कार्यक्रमको ‘जुम लाइभ’ चलिरहेको रहेछ । त्यो ‘लाइभ’ बाजुराको अवरुद्ध सडक सूचारु गर्ने सन्दर्भमा जिम्मेवारहरुबीचको भर्चुअल मिटिङको रहेछ । बाजुराको विकासका सवालहरुमा उहिल्यैदेखि रुची र पैरवीकर्ताको नाताले पनि होला, मेरा आँखाहरु अरु […]
नागरिक रैबार/बाजुरा, ११ भदौ । साँफे मार्तडीसडक खण्डको बेलिव्रिज र झोलङ्गे पुल बाढीले बगाएपछि अहिले बाजुराबासी तुुइनबाट नदी तर्न बाध्य भएका छन् । गएको श्रावण २५ मा बुढीगंगा नदीमा आएको बाढीले साँफे मार्तडी सडक खण्ड अन्तर्गत रहेको बोलिब्रिजसंगै झोलुङ्गे पुल बगाएको छ । पुल बाढीले बगाएपछि बाजुराका स्थानीलाई आवातजावत गर्न कठिन भएको हो । पुल […]