होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरा र अछामका बाढीपिडितलाई इन्द्रेणीका कंडेलको १३ लाखबढी सहयोग
Breaking News

बाजुरा र अछामका बाढीपिडितलाई इन्द्रेणीका कंडेलको १३ लाखबढी सहयोग

  • नागरिक रैबार
बाजुरा र अछामका बाढीपिडितलाई इन्द्रेणीका कंडेलको १३ लाखबढी सहयोग

नागरिक रैबार/बाजुरा १८ भदौ। सामाजिक अभियान्ता तथा एविसी टेलिभिजनमा प्रसारित चर्चित लाईभ लोकदोहोरी कार्यक्रम इन्द्रेणीका संचालक कृष्ण कंडेलले बाजुराका र अछामका बाढीपिडितलाई १३ लाख ५० हजार बराबर नगद सहयोग गरेका छन् ।

वर्षातको समयमा बाढी पहिरोबाट विस्थापित बनेका बाजुरा र अछामका बाढीपीडितलाई कंडेलले सम्वन्धित ठाउँमै पुगेर पिडित परिवारलाई राहत स्वरुप नगद १३ ५० हजार बराबर नगद रकम सहयोग गरेका हुन् ।

विज्ञापन

अछाम र बाजुराका बाढी पहिरो प्रभावितहरुलाई र विपद्मा परि मृत्यु भएका परिवारलाई राहत वितरण गर्न विहिबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टसहितको टोलीसंग अछाम र बाजुरा पुगेका कंडेलले बाढीपीडितहरुलाई १३ लाख ५० हजार बराबर नगद रकम सहयोग गरेका हुन् ।

Image may contain: one or more people, people standing, sky and outdoor

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहको पहलमा बाजुरा र अछामका बाढी पिडितलाई आर्थिक सहयोग गर्न पुगेका इन्द्रेणीका कृष्ण कंडेलले बाढीपीडित परिवारलाई आफ्नो तर्फबाट सानै भएपनि नगद सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए ।

Image may contain: one or more people, crowd and outdoor

सामाजिक अभियानकै क्रममा विगत देखि नै उनी गरिव दुखीका लागि भगवान सावित जस्तै भएका छन् । उनको आर्थिक र भौतिक सहयोगले कतिपय पिडितहरुले नयाँ जीवन पाएका छन् । कंडेलले सामाजिक सेवा मात्र नभई कलाकारिता क्षेत्रमा महत्वपूणर् योगदान दिदै आएका छन् । एविसी टेलिभिजनबाट प्रसारित हुने इन्द्रेणी कार्यक्रममा उनले धेरै जसो कलाकारलाई कलाकारिता क्षेत्रमा स्थापित गराईसकेका छन् ।

Image may contain: 7 people, including Padam Singh, प्रेम बि.क, Nimendra Shahi and Kalakar Lal Bahadur Thapa, people standing and outdoor

त्यस्तै बाढी पीडित र बाढीबाट मृत्यु भएका परिवारलाइ मात्र नभइ उनले  बडीमालिका नगरपालिका ९ अनाइकी एकल महिला टिउकी चँदाराको परिवारको पालन पोषणका लागि पनि नगद ५० हजार सहयोग गरेका छन् । कँडेलले दिएको सो रकम सम्वन्धित ठाउँमा पुगेर एकल महिलालाइ पत्रकार महासँघका वरिष्ठ उपाध्यक्ष निमेन्द्र शाहीले हस्तान्त्रण गरेका छन् ।

Image may contain: one or more people, people standing, people sitting and beard

६ वर्षअघि एबीसी टेलिभिजनमा जोडिएका कँडेलले इन्द्रेणी समाज गठन गरी इन्द्रेणी कार्यक्रम मार्फत नेपालको लोक कला संस्कृति, सम्पदाको संरक्षण सम्वद्र्धन गर्ने मात्र नभइ ओझेलमा परेका पर्यटकीय स्थल, भाषाको संरक्षण सम्वद्र्धनमा समेत अमूल्य योगदान पुर्‍याउदै आएका छन् ।

त्यस्तै अछाम र बाजुराका बाढीपिडितका लागि दार्चुलाका पत्रकार अर्जुन बिष्टले पनि ८ लाख बराबरको आर्थिक तथा भौतिक सहयोग गरेका छन् ।

Image may contain: one or more people and outdoor

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार