होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकाका ४० जना महिलालाई खाद्यन्न वितरण
देश/प्रदेश

बडीमालिकाका ४० जना महिलालाई खाद्यन्न वितरण

  • नागरिक रैबार
बडीमालिकाका ४० जना महिलालाई खाद्यन्न वितरण

नागरिक रैबार/बाजुरा ४ असोज। बडीमालिका नगरपालिकाका भित्रका ४० जना सिपमुलक तालिम सिकेका किशोरी, एकल महिला, अपाङ्ग टुहुरा र अति गरिब महिलालाई राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरिएको छ ।

मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि. युनेस्को, यूएनएफपीए, युएनओमनको संयूक्त कार्यक्रम अन्तरगत उक्त राहत बडीमालिकाका ४० जना महिलालाई वितरण गरिएको हो ।

सिपमुलक तालिम सिकेका ४० जना किशोरीहरु, एकल महिला, अपाङ्ग टुहुरा र अति गरिब महिलालाई २५ केजी चामल, ३ केजी दाल, २ लिटर तेल, १ केजी नुन र आधा लिटर सेनिटाइजर वितरण गरिएको हो । यस्तै २५ ओटा मास्क, २ प्याकेट सेनेटरी प्याड, १२ पिस गलब्स, एकएक कोलगेट-ब्रस, तौलिया साबुन, सोडा र लिटो वितरण गरिएको हो ।

विज्ञापन

यस अघि मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि युनेस्को, यूएनएफपीए, युएनओमनको संयूक्त कार्यक्रम अन्तरगत किशोरीहरु, एकल महिला, अपाङ्ग टुहुरा र अति गरिब महिलालाई विभिन्न किसिमका सीपमुलक तालिम दिई स्वरोजगार बनाउन प्रेरित गरिदै आएको थियो ।

अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को करहका कारण उनीहरुले सिकेको तालिम मार्फत व्यवसाय सञ्चालन गर्न नसकेपछी राहत वितरण गरिएको जनाईएको छ।राहत वितरण गर्दै विश्व भरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ को संक्रमणबाट बच्न सबैले सचेत हुन जरुरी रहन सुझाव पनि दिइएको थियो ।

राहत वितरण कार्यक्रममा बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रालिका जिल्ला संयोजक ईन्द्र प्रसाद देवकोटा, सुशिला मिजार, अल्का चौधरी लगायतको सहभागीता रहेको थियो ।


यस अघि मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि., युनेस्को, यूएनएफपीए, युएनओमनको संयूक्त कार्यक्रम अन्तरगत बुढीगंगा, त्रिवेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा पनि राहत वितरण गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार