होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बुढीगंगा
  • बेलिव्रिज आउँदै गर्छ, अहिलेलाई काठे साँगु
बुढीगंगा

बेलिव्रिज आउँदै गर्छ, अहिलेलाई काठे साँगु

  • नागरिक रैबार
बेलिव्रिज आउँदै गर्छ, अहिलेलाई काठे साँगु

राम बहादुर विक/बाजुरा २६ भदौ । गत साउन २५ गते राति अविरल बर्षासंगै बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिव्रिज बगाएपछि साँफे-मार्तडी सडकको सम्वन्ध विच्छेद भएको थियो ।

बाढीले उतm ठाँउमा रहेको बेलीब्रिज पुल बगाएपछी स्थानियहरुलाई आवत जावत गर्न निकै सास्ती खेप्नु परेको थियो ।स्थानियहरुले सास्ती खेपी रहेको केही दिन पछी बडिमालिका नगरपालिका वडा ५ का स्थानियहरुले तुइन संचालन गरे । नदिमा स्थानीयहरुको सक्रियताले तुईन संचालन भएपछि सदरमुकाम मार्तडी आउने र जानेले सोही तुईनबाट जोखिमपूणर् यात्रा गर्न बाध्य भएका थिए ।

तुइनबाट वार पार गर्न प्रती प्रति व्यक्ति ५० रुपैया तिरेर आवत जावत गर्ने गरेका थिए । तर तुइनमा पैशा हुनेले आवत जावत गरिरहेका थिए भने पैशा नहुने तुइन सम्म पग्थे अनि फर्केर लामो दुरीको पैदल यात्रा गरेर सदरमुकाम पुग्ने गरेका थिए । यो विडम्वना कसैले बुझेन । यी दुखका पिडालाई बुझी केही दिन पछी स्थानिय द्धारा सोही ठाउँमा काठेपुल निर्माण गर्ने योजना बन्यो ।

विज्ञापन

काठेपुल निर्माण गर्न वडा नं ४, ५ र ६ का स्थानिय, नेपाली सेना, शसत्र र नेपाली प्रहरीको सक्रिएतामा काठेपुल निर्माण गरिएको बडीमालिका ५ वडाका वडा अध्यक्ष बल बहादुर थापाले बताए ।काठेपूल निर्माण गरेपछी उद्योग बाणिज्य संघ बाजुराले काठेपूल निर्माण गर्ने स्थानियहरुलाई केही आर्थिक दिने सोच बनायोे । जोखिम यात्रा गरिरहेको वेला नेपाली सेना, शसत्र प्रहरी र नेपाल प्रहरीले काठेपुल निर्माणमा सहयोग गरेपछि त्यहाँका स्थानियहरुले धन्यवाद दिएका छन् ।

त्यस्तै उद्योग बाणिज्य संघ बाजुराले पुलको उद्घाटन् गर्दै काठेपुल निर्माणमा खटिएका स्थानीयहरुलाई नगद ५० हजार आर्थिक सहयोग गरेको छ । उद्योग बाणिज्य संघ बाजुराले ५० हजार आर्थिक सहयोग गर्दै काठेपुलको उद्घाटन गरेको उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देब वहादुर रोकायाले बताउनु भएको छ ।

काठेपुल उद्घाटन गर्दै बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाले भने नेपाल आर्मी , नेपाल ससत्र प्रहरी र नेपाल प्रहरीको दूई दिनको सर्वदान कटाएर बाकी सहयोग नगरपालिकाले गर्ने बताउनु भयो । उहाँले उद्योग बाणिज्य संघ बाजुरालाई धन्यवाद दिदै नगरपालिकाले काठेपुल निर्माण गर्र्ने स्थानियहरुलाई थोरै भएपनी आर्थिक सहयोग गर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्ण गैरै, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक मदनजित महरा प्रहरी निरिक्षक लोकेन्द्र सिहं ठगुन्ना, बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवाल, गाैमुल गाँउपालिकाका अध्यक्ष हरि बहादुर रोकाया, नेकपा नेता काँशी वि.क. लगाएतले  पुलमा वारपार गरेर पुलको उद्घाटन गरिएको हो ।

साँफे मार्तडी सडक खण्डको जडाङ्गागमा रहेको बुढिगंगा नदीमा काठेपुल निर्माण गरेपछी दैनिक उपभोग्य सामान खच्चडबाट ढुवानी गर्न केही सहज भएको व्यापारीहरुले बताएका छन् । जिल्लाको साँफे मार्फडी सडक खण्डमा कालोपत्रे गरेको तिन बर्ष पुरा नपुग्दै सडक ठाँउ ठाँउमा बाढि पहिरोले धुजा धुजा बनायो ,तर स्थानियहरु भने सहज यात्रा गर्न पाएनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार