होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • विधुत सट भएर मार्तडीको एक घरमा आगलागि
बडीमालिका

विधुत सट भएर मार्तडीको एक घरमा आगलागि

  • नागरिक रैबार
विधुत सट भएर मार्तडीको एक घरमा आगलागि

रामबहादुर विक। विधुत सट भएर बडिमालिका नगरपालिका वडा नं ९ मा रहेको एक घरमा आगलागि भएको छ । आइतबार दिउसो करिव २ बजे तिर विद्युतको तार सट भएर सोही नगरपालिका वडा नं ९ का स्थानिय सुर्य थापाको घरमा लागलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विधुत सट भएर आगलागी हुदा घरका भ्याल ढोका पुरै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र सिंह ठगुन्नाले बताउनु भएको छ । विधुत सट भएर घर भित्र राखेको भुसमा आगो सल्केर घरमा आगलागी भएको प्रहरी निरिक्षक ठगुन्नाले बताउनु भयो । क्षेतीको विवरण प्रहरी मुचुल्का भएपछी थाहा हुने प्रहरी निरिक्षक ठगुन्नाको भनाइ रहेको छ ।

उहाँका अनुशार मानविय क्षेती भने नभएको बताइएको छ । आगोलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यलयको टोली र स्थानियद्धारा आगोलाई नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिनुभएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार