होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सहितको टोली बाजुरा आउँदै
Breaking News

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सहितको टोली बाजुरा आउँदै

  • नागरिक रैबार
सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट सहितको टोली बाजुरा आउँदै

नागरिक रैबार/बाजुरा १८ भदौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली अछामको रामारोशन र बाजुराको बाढी पहिरोे प्रभावित क्षेत्रमा अनुगमन गर्न आउने भएका छन् ।

अविरल वर्षासंगै बाढी पहिरोका कारण क्षेती भएको अछामको रामारोशन गाउँपालिका र बाजुराको त्रिवेणी, बुढीगंगा, बुढीनन्दा र बडीमालिका नगरपालिका र गौमुल गाउँपालिकाका विभिन्न प्रभावित ठाउँको स्थलगत अनुगमन गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टसहितको टोली विहिवार बाजुरा आउन लागेको हो ।

टोलीमा मुख्यमन्त्री भट्टसहित आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायत प्रदेशका माननीयहरु आउने छन् ।

विज्ञापन

बाढीका कारण बाजुरामा गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले बडीमालिका नगरपालिका २ घाघर, गौमुल गाउँपालिकाको १ र २ को बस्तीमा क्षती पुगेको थियो भने भदौ २ गते राति बुढीनन्दा नगरपालिकाको नुरीखोला र त्रिवेणी नगरपालिकाको मालागाड खोलामा आएको बाढीले क्षती पुर्याएको थियो । त्यस्तै भदौ २ गते अछामको रामारोशन गाउँपालिका हुँदै कैलाशखोलामा आएको बाढीले सैनी बजारमा क्षेती पुर्याएको थियो ।

बाढी पहिरोबाट विस्थापित बनेका अछाम र बाजुराका परिवारलाई थप जोखिमबाट बचाउन र क्षेती पुगेको बस्तीलाई पुनर्निर्माणको संभावना अध्ययन समेत गर्नका निम्ति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सहितको टोली अछाम र बाजुराका विभिन्न ठाउँमा नेपाली सेनाको हेलिकप्टर मार्फत अनुगमन गरिने आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहका स्वकीय सचिव जंग विकले बताएका छन् ।

स्वकीय सचिव विकका अनुसार मुख्यमन्त्री भट्ट सहितको टोली धनगढी एयरपोर्टमा गइसकेको र केही बेरपछि अछाम र बाजुराका लागि धनगढीबाट प्रस्थान गर्ने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै