होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • उप-प्रमुखको सुत्क्यारो भाँडो गर्भवति र सुत्केरी आमालाई
Breaking News

उप-प्रमुखको सुत्क्यारो भाँडो गर्भवति र सुत्केरी आमालाई

  • नागरिक रैबार
उप-प्रमुखको सुत्क्यारो भाँडो गर्भवति र सुत्केरी आमालाई
महिलासंग उपप्रमुख कार्यक्रम मार्फत उप-प्रमुखको सुत्क्यारो भाँडो अन्तरगतका पोषण सामाग्री नगरका गर्भवति र सुत्केरी आमालाई हस्तान्त्रण गर्नुहुँदै उपप्रमुख कविता विष्ट: तस्वीर नागरिक रैबार

नागरिक रैबार/बाजुरा २३ भदौ। बडीमालिका नगरपालिकाले संचालन गरिरहेको महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत उप-प्रमुखको सुत्क्यारो भाँडो नगरका गर्भवति र सुत्केरी आमालाई हस्तान्त्रण गरिएको छ ।

नगरपालिकामा संचालन भईरहेको महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत कोभिड-१९ बाट प्रभावित बनेका नगर भित्रका गर्भवति तथा सुत्केरी आमालाई उप-प्रमुखको सुत्क्यारोे भाँडो अन्तरगत पोषण सम्वन्धि विभिन्न सामाग्री हस्तान्त्रण गरिएको हो ।

विज्ञापन

बडीमालिका नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सहास नेपाल र आईएनएफ बाजुराको सहकार्यमा नगरपालिका भित्रका सुत्केरी तथा गर्भवति आमाहरुलाई उपप्रमुखको सुत्क्यारोे भाँडो अन्तरगतका पोषण सामाग्री हस्तान्त्रण गरिएको हो ।

नगरभित्रका सुत्केरी तथा गर्मवति आमा र बालवालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यका साथ नगरपालिका भित्रका महिलाहरुलाई महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत पहिलो चरणमा बडीमालिका ८ र ९ का सुत्केरी तथा गर्भवति आमाहरुलाई पोषण सामाग्री वितरण गरिएको बडीमालिकाकी उपप्रमुख कविता विष्टले बताएकी छन् ।

बडीमालिका नगरपालिका भित्रका महिलाहरुका लागि महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत वार्षिक निति तथा कार्यक्रम नै संचालन गरेर अगाडि बढीरहेको बताएकि छन् । बडीमालिका नगरपालिका भरी ५ सय ५८ जना गर्भवति तथा सुत्केरी आमाहरु रहेका छन् ।

उपप्रमुखको कविता विष्टको अध्यक्षतामा संचालन भएको सुत्क्यारो भाँडो हस्तान्त्रण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडूवाल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रमको संचालन स्वास्थ्य शाखा संयोजक टेकबहादुर खड्काले गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावल, जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्रका प्रमुख दिक्षा भण्डारी, सहास नेपालका कार्यक्रम संयोजक देसिन्द्र राई, पत्रकार महासंघ बाजुरा अध्यक्ष प्रकाश सिंह, सचिव प्रेम विक लगायत नगर भित्रका १ सय बढी गर्भवति तथा सुत्केरी महिलाहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार