होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विष्टकाे नेतृत्वमा बडीमालिकामा नगर स्तरीय हकहित मञ्च गठन
समाचार

विष्टकाे नेतृत्वमा बडीमालिकामा नगर स्तरीय हकहित मञ्च गठन

  • नागरिक रैबार
विष्टकाे नेतृत्वमा बडीमालिकामा नगर स्तरीय हकहित मञ्च गठन

नागरिक रैबार/बाजुरा २७ भदाै ।
बडीमालिका नगरपालिकामा कर्मचारीहरुको छाता संगठन नगर स्तरीय मंच  गठन गरिएकाेे छ ।   नगरपालिकाकै वीरबहादुर विष्टको अध्यक्षतामा बडीमालिका नगर स्तरिय स्थानीय तह कर्मचारी हक हित मञ्च गठन गरिएको  हाे। जसमा  अध्ययक्षमा वीरबहादुर विष्ट, उपाध्यक्ष माया अवस्थी, सचिवमा रामबहादुर कटुवाल, सह सचिवमा नवराज बुढा, कोषाध्यक्षमा सरिता कुमारी ठकुल्ला र सदस्यमा इश्वरा कुमारी कार्की, सुशिला कुमारी रावल, रोशन चौधरी, विष्णु ब. खड्का, विवेक शाह र विजय कुमार शाही रहने गरी निर्विरोध ११ सदस्यीय समिति गठन भएको छ । अधिकृत स्तर छैठौं पुष्पराज भट्टको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल विक रहनु भएको थियो। नगरपालिकाको सभा हलमा सञ्चालनमा भएको कार्यक्रममा नगरपालिकाका २२ जना कर्मचारीहरुको उपस्थिति रहेको थियो । स्थानीय तहमा समायोजन भएका कर्मचारी र लोकसेवा आयोगबाट सिफारिस भई आएका कर्मचारीहरुलाई निजामती कर्मचारी मान्ने नमान्ने ? स्थानीय सेवाको गठन, सञ्चालन र व्यवस्थापनका विषयमा रहेको कानूनी द्वैधताको अन्त्य गरी सबै कर्मचारीलाई एउटै कानूनद्वारा निर्देशित र नियन्त्रित गर्ने खालको नीतिगत व्यस्था कायम गराउन हक हित मञ्च गठन गरिएको नव निर्वाचित अध्यक्ष विष्टले जानकारी गराउनु भयो ।जनताको नजिकबाट सेवा प्रवाह गर्ने स्थानीय तहका कर्मचारीलाई दोस्रो दर्जाका कर्मचारीको जस्तो व्यवहारबाट संघीयता कार्यान्वयन हुन नसक्ने र खुसी नेपाल समृद्व नेपालको सपना समेत साकार हुन नसक्ने भएकाले सबै कर्मचारीलाई एउटै व्यवहार गर्न वकालत र पैरवी गर्ने अध्यक्ष विष्टले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार