होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • नगरप्रमुखले अति गरेपछि नेकपा नगर कमिटीको ध्यानाकर्षण
बाजुरा बिशेष

नगरप्रमुखले अति गरेपछि नेकपा नगर कमिटीको ध्यानाकर्षण

आगामी दिनमा सहकार्य गरेर अघि बढ्छुः मेयर बडुवाल

  • नागरिक रैबार
नगरप्रमुखले अति गरेपछि नेकपा नगर कमिटीको ध्यानाकर्षण

नागरिक रैबार/बाजुरा ३१ भदौ। नेकपा बडीमालिका नगरसंगठन कमिटीले बडीमालिका नगरपालिकामा नगर प्रमुख पदम बडुवालले एकलौटी रुपमा नगर सरकार संचालन गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।

बुधबार बडीमालिका नगर संगठन कमिटिका पदाधिकारी र नेकपा जिल्ला कमिटीका नेतासहितको टोलीले नगरपालिकामै गएर नगर प्रमुख पदम बडुवालको ध्यानाकर्षण गराएको नेकपा बडीमालिका नगर संगठन कमिटीका सचिव चन्द्र थापाले बताएका छन् ।

बडीमालिका नगरपालिका नेपाली काँग्रेसको बहुमतको सरकार छ । नगरप्रमुख बडुवाल र उपप्रमुख कविता विष्टले नगरपालिकामा बहुमतको सरकार छ भन्दै एकलौटी रुपमा मनोमानि ढंगले स्थानीय सरकार संचालन गरिरहेकोले नगरप्रमुख र उपप्रमुखले आगामी दिनमा सुध्रिएर नगरको विकासमा नेकपा संग सहकार्य गरेर अघि बढ्नु पर्ने कार्यक्रममा सहभागि नेकपाका नेताहरुले बताएका थिए ।

विज्ञापन

नेकपा जिल्ला कमिटी बाजुराका कार्यालय सदस्य नेता गगन रावललेे कोरोना भाईरस कोभिड-१९ का बेला नगरपालिकाले राहत वितरण गर्दा नगरपालिका भित्र राहतका नाममा वितरण गरेको खर्चको यथार्थ विवरण सार्वजनिक गर्नु पर्ने बताए ।

त्यसै गरी नेकपा नेता सचिवालय सदस्य काँशी विकले नगरपालिकामा नगरप्रमुखले राजनीतिक आस्थाका आधारमा कर्मचारी नियुक्ति गर्ने र नगरमा भएका नेकपा समर्थक कर्मचारीहरुलाई राजनीतिक प्रतिशोधकै कारण हप्काउने, धम्क्याएर काम गर्न नदिने बातावरण गरिरहेकोले नगरपालिकामा कर्मचारीलाई स्वतन्त्र भएर काम गर्न दिन नगरप्रमुखलाई आग्रह गरेका छन् ।

त्यस्तै नेकपाकै सचिवालय सदस्य नेता अमर खड्काले नगरका हरेक विकासका गतिविधिहरुमा नगरप्रमुखले ३ वर्षदेखि एकलौटी ढंगबाट नगरपालिका संचालन गरिरहेकोले आगामी दिनमा नगरप्रमुख उपप्रमुखले नसच्चिए आफुहरुलाई सैह्य नहुने बताएका थिए ।

त्यसै गरी नेकपाकै सचिवालय सदस्य मानबहादुर विश्वकर्माले भने नगरपालिकाले नगर भित्रका दलित समुदायका लागि नगरपालिकाले कुनै किसिमको योजना नबनाएको बताएका थिए ।

यता नगरप्रमुख पदम बडुवालले भने नेकपा नगरसंगठन कमिटी र नेकपाका नेताहरुले दिएको सुझावलाई आत्मसाथ गरेर आगामी दिनमा अघि बढ्ने बताएका थिए ।

त्यस्तै नेकपा बडीमालिका नगर संगठन कमिटीले बडीमालिका नगरपालिकालाई सेवा क्षेत्र बनाएर काम गरिरहेका आईएन एफ बाजुरा शाखा र सहास नेपाललाई पनि ध्यानाकर्षण गराएको छ ।

कोरोना भाईरसको महामारिका बेला कोभिडकै कारण प्रभावित बनेका परिवारका लागि भन्दै दुवै गैरसरकारी संस्थाले नगरपालिकामा राज्यको मापदण्ड विपरित राहत वितरण गरिरहेकोले यो कार्य तत्कालै रोक्न दुवै संस्थाका प्रमुखहरुलाई ध्यानार्षण गराएका हुन् ।

सहास नेपाल र आइएनएफ बाजुरा शाखाका प्रमुखहरुले भने आफुहरुले नगरपालिकासंग समन्वय गरेर राहत वितरण तथा संस्थाका कार्यक्रमहरु संचालन गरिरहेको बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार