होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • स्वर्गीय ऐसेनी महतको नाममा विद्यालयमा अक्षय कोष स्थापना
शिक्षा

स्वर्गीय ऐसेनी महतको नाममा विद्यालयमा अक्षय कोष स्थापना

  • नागरिक रैबार
स्वर्गीय ऐसेनी महतको नाममा विद्यालयमा अक्षय कोष स्थापना

नागरिक रैबार/बाजुरा ६ असोज। गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले बगाउँदा मृत्यु भएकी बडीमालिका नगरपालिका २ घाघरकी ६७ वर्षिया ऐसेनी महतको नाममा सत्यवादी माविमा अक्षय कोषको स्थापना गरेको छ ।

स्वग्रीय महतको मंगलबार परेको ४५ औं दिने तिथिको अवसरमा मृतक महतका श्रीमान महाविर महत र छोराहरु डम्बर महत, कर्ण महत र प्रेम महत परिवारले सत्यवादी माविका प्रधानाध्यापक मानबहादुर हमाललाई ३० हजार नगद हस्तान्तरण गरेका हुन् ।

महत परिवारको उक्त अक्षय कोषबाट विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई सहयोग गरिने बताईएको छ । मृतक ऐसेनी महतको नाममा स्थापना गरिएको अक्षय कोषमा विध्यालयका तर्फबाट समेत केही रकम थप गर्ने र सो रकमको व्याजवाट बालवालिकाहरूलाई सहयोग गर्ने प्रधानाध्यापक हमालले बताएका छन् ।

विज्ञापन

मृतक ऐसेनि महतका जेठा छोरा डम्बर महत बडीमालिका नगरपालिका २ का वडा अध्यक्ष हुन् । त्यस्तै माईला छोरा कर्ण  महत उद्योगी र कान्छा छोरा प्रेम महत बडीमालिका नगरपालिकामा कृषि प्राविधिक हुन् ।

महत परिवारका सदस्यहरूले विगत लामो समय देखि सामाजिक सेवा गर्दै आएका छन् । आगामी दिनमा पनि आमाको वार्षिकि तिथि लगायत अन्य स्मिृतिमा विद्यालयका लागि स्थापना गरेको अक्षय कोषमा आर्थिक श्रोत थप्दै जाने बडीमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्बर महतले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार