होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • जडाङ्गापछि सेरामा पनि तुईनबाट आवात-जावत गरिदै
बडीमालिका

जडाङ्गापछि सेरामा पनि तुईनबाट आवात-जावत गरिदै

  • नागरिक रैबार
जडाङ्गापछि सेरामा पनि तुईनबाट आवात-जावत गरिदै

नागरिक रैबार/बाजुरा १९ भदौ। बुढीगंगा नदिमा आएको बाढीका कारण ताँप्रीसेराको पुल बगाएपछि आवत जावत गर्न स्थानीयहरुले उक्त ठाउँमा तुईन जडान गरेका छन् ।

करिव डेढ महिना अघि बाढीका कारण ताँप्रीसेराको पुल बगाएपछि साविकको कैलाशमाण्डौं जाने र आउने स्थानीयलाई समस्या हुँदै आएको थियो । पुल बगाएपछि कैलाशमण्डौं जाने स्थानीयहरु एक घण्टाको पैदल यात्रा गरेर बल्दे नजिकैकोे पुलबाट आवत जावत गर्न बाध्य भएका थिए ।

सो क्षेत्रका स्थानीयहरुको समस्यालाई मध्येनजर गरेर ताँप्राका स्थानीय सन्जयराज थापाको अगुवाइमा ताँप्रीसेरामा तुइन जडान गरिएको बुढीगंगा नगरपालिका २ का वडा अध्यक्ष हिरालाल थापाले बताएका छन् । उहाँका अनुसार सो ठाउँमा तुइन जडान गरिएपछि अव स्थनीयलाई र सामान ढुवानी गर्नका लागि सजिलो हुने भएको छ ।

विज्ञापन

Image may contain: outdoor, nature and water

यस अघि साँफे मार्तडीसडक खण्डको मुख्य राजमार्गमा रहेको बेलिव्रिज बाढीले बगाएपछि जडाङ्गामा पनि स्थानीयहरुले सदरमुकाम मार्तडीसम्म आवत जावत गर्नका लागि तुईन जडान गरेका थिए । अहिले तुईनबाटै भएपनि स्थानीयहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको स्थानीयहरुले बताएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार