होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रुदै न्याय माग्न एक किशोरी प्रहरी कार्यालयमा पुगेपछि..
समाचार

रुदै न्याय माग्न एक किशोरी प्रहरी कार्यालयमा पुगेपछि..

  • नागरिक रैबार
रुदै न्याय माग्न एक किशोरी प्रहरी कार्यालयमा पुगेपछि..

रामबहादुर विक/बाजुरा २७ भदौ। जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ३ ताँप्रा घर भएकी १७ वर्षिया किसोरी रुदै न्याय माग्न जिल्ला प्रहरी कार्यलय बाजुरामा पुगेकि छन् ।

करिव १ वर्ष अगाडि गाउँकै करन नेपालीले आफु संग विबाह गर्छु भन्दै शारिरीक सम्बन्ध समेत राखेर अहिले अकैै केटीसंग विबाह गरेपछि आफु अलपत्र परेको नागरिक रैबारसँग उनले गुनासो गरेकी छिन् ।

गाउँभरी आफ्नो बारेमा हल्ला छ म यता जाउँकी उता जाउँ केटाको घरकाले आफुलाई नानाथरी आरोप लगाउँछन् भक्कानीदै ति किसोरीले भनिन् । एक बर्ष अगाडी पे्रम समन्ध राखेको केटाले आफुसंग विहे गर्ने भनेर जवरजस्ती करणी समेत गरेको उनले बताईन् ।

विज्ञापन

सुरुमा आफुसंग नजिक भयो पछि अरुनै केटीसंग लागेर अर्कैलाई विहे गरेपछि आफुलाई समाजमा अहिले सिर निउराएर हिड्नु पर्ने बाध्यता छ उनको गुनासो थियो ।

प्रेम सम्वन्ध राखेर जवरजस्ती करणी गर्ने नेपालीका विरुद्ध उनले गत जेठ महिनामा जवरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्याल्य बाजुरामा मुद्धा समेत दर्ता गरिसकेकी छन् ।

जिप्रकामा मुद्धा दर्ता गरेको करिव ४ महिना वित्न लाग्दा समेत आफुले राज्यबाट न्याय नपाएपछि प्रहरी कार्यालयमा आएको बताएकि छन् ।
उनले कतैबाट न्याय नपाएपछी विचमा आत्महत्या समेत गर्न लागेको थिए उनले भनिन् ।

करन नेपालीले आफु संग विवाह गर्छु भन्दै जवरजस्ती सारिरिक समन्ध राखेर अहिले अर्कै संग विवाह गरेको भएपनि आफुलाई उल्टै अपशव्द प्रयोग गरी गाली गलोज गर्ने गरेको पिडित किशोरीले बताएकी छन् । उनले अहिले आफुलाई समुदायले समेत घृणा गर्ने गरेको बताईन् ।

जिल्ला प्रहरी कार्यलयको परिषर भित्रै आँसु थप-थप झार्दै उनले भनिन्, वुवा कामको सिलसिलामा भारतमा छन् अनी दाई पनी भारतमा छन् र आमा घरमा विरामी छन् । मलाई कसैले न्याय दिएनन् त्यसैले जिल्ला प्रहरी कार्यालयमा न्याय माग्न आएको बताईन् ।गाँउमा के गर्नू पप्यो कस्तो गर्नु परो भन्दा उल्टै आफुलाइृ आरोप लगाई तिमीलाई पैशा दिन्छु तिमी घरमै बस भनेर करन नेपालीको परिवारले पिडा दिदै आएको बताएकी छन् ।

यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र सिंह ठगुन्नाले भने किसोरीले ४ महिना अघि करन नेपालीका विरुद्ध प्रहरी कार्यालयमा जवरजस्ती करणीको मुद्धा दर्ता गरेको बताए । उनले भने यो मुद्धा बाजुरा जिल्ला अदालतमा फैसला हुने भएकोले अहिले मुद्धा विचाराधिन अवस्थामा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार