होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चौतारीको झल्को दिने क्लबहाउस
समाचार

चौतारीको झल्को दिने क्लबहाउस

  • नागरिक रैबार
चौतारीको झल्को दिने क्लबहाउस

८ असार, काठमाडौं । आइतबार साँझ ‘क्लबहाउस’को दोहोरी गायन समूहमा एक युवकले आफ्नो रहस्य खोल्दा सहभागीहरू आश्चर्यमा परे । ती युवकका अनुसार समय कटाउन लगातार २० घन्टादेखि उनी क्लबहाउसकै विभिन्न ग्रुपमा जोडिएका थिए । त्यस्तै दुई सातादेखि निरन्तर क्लबहाउसका विभिन्न विषयमा बहसमा सक्रिय थिए ।

छलफलमा ती युवकले भने, ‘म बीस घन्टादेखि क्लबहाउसमै छु, साथीहरू एक घन्टा बोल्दा थाकेँ भन्नुहुन्छ ।’

उनको कुरा सुनेर भर्खरै क्लबहाउस आवद्ध युवा छक्क परे । किनभने बीस घन्टादेखि मानिसहरूको कुरा सुन्ने र आफ्ना कुरा भन्ने गर्दासमेत उनी थाकेका थिएनन् ।

विज्ञापन

क्लब हाउस एकैपटक हजारौं जना बोलेर च्याट गर्न मिल्ने, छलफल गर्न मिल्ने भर्चुअल कोठा हो । जहाँ बैठक वा चिया गफमा जस्तै मनमौजी कुरा गर्न मिल्छ । अहिले राजनीतिदेखि, संगीत, कला, खेदकुद र यौनका विषयमा गफ गरिरहेका युवाले क्लबहाउस भरिएको छ ।
अनलाइनखबरसँग सम्पर्कमा आएका ती युवकले आफू कोरोना संक्रमण भई होम आइसोलेसनमा बसेकाले क्लब हाउसमा धेरै समय बिताएको बताए । घरबाहिर निस्कँदा परिवार तथा छिमेकीको हप्की खाइने डरले उनी सामाजिक सञ्जालममै व्यस्त भए । तर सधैं चलाइरहेको फेसबुक, इन्स्टाग्रामले उनको चित्त बुझाउन सकेन ।

‘फेसबुकमा बोल्ने साथी नै हुँदैनन् । सधैं फेसबुक कति चलाउनु भनेर क्लबहाउसमा आएको हुँ’ रमेशले वास्तविकता सुनाउँदै भने, ‘कमसेकम यहाँ बोल्ने–हाँस्ने साथीहरू पाइएको छ । क्लबहाउसले दिन कटाउन सजिलो भएको छ ।’

अर्की युवा रजनी थापा पनि प्रत्यक्ष जमघटमा कसैसँग कहिल्यै नगरेका कुरासमेत क्लबहाउसमा सुनाउन पाउँदा आनन्द लाग्ने बताउँछिन् । क्लबहाउस दिनभरिको कामको थकाइ मार्ने बिसौनी बनेको भन्दै उनी भन्छिन्, ‘कसैसँग नडराई आफ्नो कुरा भन्न पाउँदा मानसिक शान्ति मिल्छ । यसैले साँझमा क्लबहाउस चलाउँछु ।’

उनीहरूजस्ता हजारौं युवा अघिल्लो महिना (मे २१ देखि) मात्र नेपाल भित्रिएको ‘सामाजिक अडियो एप्लिकेसन’ क्लबहाउसमा आबद्ध छन् । ‘सिक्रेट ग्रुप’ बनाएर सुरक्षित तवरले गोप्य कुरासमेत गर्न मिल्ने भएकाले युवाहरूको प्राथमिकतामा क्लबहाउस परेको छ ।

क्लब हाउस एकैपटक हजारौं जना बोलेर च्याट गर्न मिल्ने, छलफल गर्न मिल्ने भर्चुअल कोठा हो । जहाँ बैठक वा चिया गफमा जस्तै मनमौजी कुरा गर्न मिल्छ । अहिले राजनीतिदेखि, संगीत, कला, खेदकुद र यौनका विषयमा गफ गरिरहेका युवाले क्लबहाउस भरिएको छ ।

युवामात्र होइन, नेता, कलाकार, पत्रकार तथा सेलीब्रेटी पनि क्लबहाउसमा विभिन्न ‘रुम क्रियट’ गर्दै बहस गरिरहेका छन् । नेताहरू गगन थापा, रामकुमारी झाँक्री, कलाकार सम्पदा मल्ल, रवीन्द्रसिंह बानियाँ, केकी अधिकारी, लेखक सीमा आभास, आन्विका गिरीसमेत क्लबहाउसमा सक्रिय छन् । यस्तै कतिपय संस्थाका बैठक तथा आन्तरिक छलफल गर्न पनि क्लबहाउसकै उपयोग गरिएको पाइन्छ ।

क्लबहाउसमा सक्रिय युवा लेखक काशीराम बजगाईं नेपालमा धेरै युवा क्लब हाउसमा सक्रिय रहेको बताउँछन् । बजगाईंका अनुसार २० देखि ३५ वर्षका युवाहरू राजनीति, साहित्य, व्यापार, चुट्किलाजस्ता विधामा बहस गरिरहेका छन् ।

‘गम्भीर विषयका छलफदेखि हाँसीमजाक गर्दै युवाहरू आफ्नो कुरा खुलस्त राखिरहेका हुन्छन्’ उनी भन्छन्, ‘आफूले जानेको विषयमा कुरा भयो भने त समय बितेको पत्तै हुँदैन ।’

शैक्षिक प्रशिक्षणकर्ता नरेन्द्रकुमार नगरकोटीका अनुसार युवाहरू मनको कुरा अभिव्यक्त गर्ने ठाउँ खोजिरहेका हुन्छन् । घरपरिवार र साथीहरूले आफ्नो कुरा नसुनिदिनाले क्लबहाउसजस्ता ‘ओपन स्पेस’ उनीहरूको रोजाइमा पर्छ ।

‘युवाहरूको कुरा परिवारका सदस्यले पनि समय दिएर सुन्दैनन् । वरिपरिका मान्छेले उनीहरूको मनको कुरा बुझ्दििँदैनन्’ नगरकोटी भन्छन्, ‘आफ्ना दुःखसुख भन्ने कोही नभएपछि युवाहरू अभिव्यक्ति पोख्ने ठाउँ खोजिरहेका हुन्छन् । यही क्रममा क्लबहाउस नयाँ माध्यम बन्न पुग्यो ।’

क्लबहाउस, डेटिङ एपजस्ता नयाँ प्रविधि फैलिनुलाई सांस्कृतिक तहबाट हेर्दा एउटा उप–संस्कृति मान्छन् समाजशास्त्रका अध्यापक केशव सिलवाल । उनको विचारमा नयाँ चिजप्रति झट्टै आकर्षण हुनु मानिसको स्वाभाव नै हो । हिप्पी जनेरेसन, काउबोइज वा पप संगीत सुन्ने पुस्ता भनेजस्तै क्लबहाउस चलाउने पुस्ता समयक्रममा विकसित एक प्रकारको संस्कृति भएको उनी बताउँछन् ।

घरपरिवार र साथीहरूले आफ्नो कुरा नसुनिदिनाले क्लबहाउसजस्ता ‘ओपन स्पेस’ युवाहरूको रोजाइमा पर्दै गएको छ । आफ्ना दुःखसुख पोख्ने ठाउँ खोजिरहँदा क्लबहाउस नयाँ माध्यम बन्न पुगेको जानकारहरू बताउँछन् ।
सिलवाल भन्छन्, ‘समयक्रममा नयाँनयाँ प्रविधि र शैली सुरु हुन्छ । भर्चुअल दुनियाँमा छलफल र कुराकानीका लागि क्लबहाउस रुचीको माध्यम बन्दै गएको देखिन्छ ।’
उन्मुक्त र स्वतन्त्र हुने चाहनाले पनि क्लबहाउसतर्फ युवा आकर्षण बढेको सिलवालको मत छ ।

मानसिक रुपमा फाइदा कि बेफाइदा ?

मनोविद् करूणा कुँवर परिचितहरूको आग्रहपछि दुई साताअघि क्लबहाउस चलाउन सिकेको बताउँछिन् । यद्यपि सार्थक छलफलभन्दा बढी रस–रमाइलोमात्र गर्न क्लबहाउस चलाउने पंक्ति बढेकाले कुँवर पुनः त्यहाँबाट बाहिरिइन् ।

मनोविद् कुँवरको विश्लेषण अनुसार विदेशी समाजमा चलेका डेटिङ एप तथा यौन सञ्जालहरूले नेपाली समाजमा समस्या सिर्जना गर्न थालेको छ ।

नियमन गर्ने निकायको कमजोरी तथा व्यक्तिगत अज्ञानताका कारण नयाँ प्रविधिको शिकार हुनसमेत युवा बाध्य भएको उनको निचोड छ । यसैले अभिव्यक्ति स्वतन्त्रतामात्र केन्द्रमा राखेर सामाजिक सञ्जाल चलाउँदा सचेत हुन उनी सुझाव दिन्छिन् ।

‘मनोविज्ञानलाई आधार मान्दा क्लबहाउसका सीमित फाइदा भएपनि यसले समय बर्बाद गरेको पनि देखिन्छ’ उनी भन्छिन्, ‘आफू के प्रयोजनका लागि यस्ता सामाजिक सञ्जाल चलाउँछु भन्ने थाहा नभई युवाहरू पछि लागेका छन् ।’

मनोविश्लेषक वासु आचार्य भने अचेतन मनमा कुण्ठित भएर बसेका भावना अभिव्यक्त गर्न क्लबहाउस सहज देखिएकाले यसमा युवा पुस्ताको आकर्षण बढेको मत राख्छन् ।

‘आफ्नो मनको भँडास निकालेर शान्ति लिन, मजा लिन, दंग पर्न पाउँदा युवाहरूले अपनत्व महसुस गर्छन्’ विश्लेषक आचार्य भन्छन्, ‘मनोविज्ञानलाई आधार मान्दा यो पक्रियालाई विरेचन भन्न सकिन्छ । जसले मानसिक स्वास्थ्यलाई फाइदा गर्छ ।’

यद्यपि सामाजिक सञ्जाल र प्रविधि कसरी चलाउने भन्ने कुरा व्यक्ति विशेषमा भर पर्ने हुँदा क्लबहाउसको यथार्थ ज्ञान बुझेर आवद्ध हुन आचार्यको सुझाव छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार