होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, सरकार जोगिने सम्भावना क्षीण
देश/प्रदेश

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, सरकार जोगिने सम्भावना क्षीण

  • नागरिक रैबार
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै, सरकार जोगिने सम्भावना क्षीण

कैलाली — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ ।मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् ।

तर, नाउपाभित्रैको किचलो र स्वतन्त्र सांसदको अडानका कारण शाह सरकार जोगिने सम्भावना क्षीण रहेको कांग्रेसका एक सांसदले बताए । उनले विश्वासको मत नपाउने अवस्थामा मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको जनाए ।‘मुख्यमन्त्रीले विश्वासको मत पाउँछु भन्नुहुन्छ तर, हामीलाई नाउपा विवादले बहुमत पुग्न सहज हुन्छ जस्तो लाग्दैन’ ती सांसदले भने ‘विश्वासको मत नपाउने भए राजीनामा दिन सुझाव दिएका छौँ । ’

प्रदेशसभाको सबभन्दा ठुलो दल कांग्रेसका १८ सांसद छन् । ५२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ ।गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यसैले बहुमत जुटाउन नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ । नाउपाका ७ सांसद छन् ।

विज्ञापन

त्यसो त मुख्यमन्त्री शाहले सरकार टिकाउनकै लागि प्रदेशसभामा सात सदस्य रहेको नाउपाका पाँच जनालाई मन्त्री बनाएका थिए । नाउपाका २ जना प्रदेशसभा सदस्यले मत नदिने बताइसकेका छन् । नाउपाका एक जना सांसदले पनि विश्वासको मत नदिँदा सरकार जोगिने सम्भावना रहँदैन । त्यसैमा राप्रपा र स्वतन्त्र सांसदको मत पनि मुख्यमन्त्री शाहलाई अनिवार्य छ ।कांग्रेसका सबै , नाउपाका सबै राप्रपा र स्वतन्त्रले पनि मत दिँदा ठिक्क बहुमत २७ पुग्छ तर, त्यो सम्भावना निकै कम रहेको बताइन्छ ।

नाउपामा थप किचलो

आज मुख्यमन्त्री शाहले विश्वासको मत लिँदैछन् । यता नाउपामा त्यसले थप विवाद सृजना गरेको छ । मुख्यमन्त्री शाहलाई नाउपा सुदूरपश्चिम संसदीय दलले विश्वासको मत दिन चाहन्छ तर, केन्द्रले विश्वासको मत नदिन भन्दै निर्देशन दिएपछि पार्टीभित्र थप किचलो देखिएको हो ।नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन पार्टीबाट निर्वाचित सांसदहरूलाई निर्देशन दिएकी छन् ।

पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई सामूहिक पत्र लेखेर उनले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् ।
अध्यक्ष श्रेष्ठले पार्टी संसदीय दलको विधान नभएकाले पार्टीको महत्त्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार केन्द्रीय अध्यक्षलाई रहेको दाबी गरेकी छन् ।यता नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

नाउपाका प्रमुख सचेतक खुसीराम डगौंरा थारूले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन ह्विप जारी गरेकी हुन् ।नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले यसअघि प्रदेशसभा सदस्यलाई पत्र लेख्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन दिएकी थिइन् । श्रेष्ठले पार्टी निर्देशन विपरीत गतिविधि गरेको भन्दै राज्यमन्त्री समेत रहेकी समानुपातिक सांसद इन्दिरा गिरीलाई पनि कारबाही गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै