होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथका बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सारिदै
समाचार

जगन्नाथका बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सारिदै

  • नागरिक रैबार
जगन्नाथका बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित ठाउँमा सारिदै

नागरिक रैबार/बाजुरा ४ चैत।  बाजुराको जगन्नाथ गाउँपालिका-६ पाल्त्याडी गाउँका बाढीपहिरोबाट विस्थापित बनेका ४६ परिवारलाई सुरक्षित ठाउँमा सारिने भएको छ । २०७९ असोज १९ देखि २५ गतेसम्म आएको अविरल बर्षाका कारण बाढी पहिरोबाट विस्थापित बनेका उनीहरुलाइ सुरक्षित ठाउँमा सार्न लागिएको हो ।

गाउँपालिका भरिमा बाढी पहिरोका कारण १ सय १० परिवार पूर्ण रुपमा विस्थापित छन् । यि मध्ये वडा नम्वर ६ काे पाल्त्याडी गाउँका ४६ घरपरिवारलाई पहिलो चरणमा सुरक्षित ठाउँ ओसतोलीमा सार्न लागिएको गाउँपालिकाका प्रवक्ता गणेशराज गिरीले बताएका छन् ।  बाढी पहिरोका कारण विस्थापित बनेका पाल्त्याडीका ४६ घर परिवारहरु अहिले अस्थायी छानोमा बसोवास गरिरहेका छन् ।

गाउँपालिकामा बाढी पहिरोका कारण विस्थापित बनेका १ सय १० परिवारका लागि पुननिर्माण प्राधिकरण र गाउँपालिकाको गरि साढे ५ लाख रकम लगानीमा नयाँ घरहरु निर्माण भइरहेका छन् ।

विज्ञापन

गाउँपालिकाले बाढी पहिरोले पुर्ण रूपमा क्षेती भएका १ सय १० घर पुनःनिर्माणको काम सुरू भएको जगन्नाथ गाउँपालिकाका प्रवक्ता गणेशराज गिरीले बताएका छन् । पालिकाभित्र जोखिममा रहेका घर परिवारहरूको पहिचान गरि पुनःनिर्माणको कार्य थालनी गरिएको प्रवक्ता गिरीले बताएका छन् ।

निर्माणाधिन घरहरुको पहिलो किस्ता रकम भुक्तानी भैसकेको र दोस्रो किस्ता भुक्तानीको प्रक्रिया अन्तिम चरणमा रहेको गाउँपालिकाले जनाएको छ । त्यस्तै २०७९ माघ १० र ८० असोज १७ गते गएको भुकम्पबाट क्षेती भएका घरहरूको पुन निर्माणका लागि पहल भईरहेको गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार