होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कांग्रेसलाई उम्मेदवार छान्न सकस, आज पनि बैठक बस्दै
राजनीति

कांग्रेसलाई उम्मेदवार छान्न सकस, आज पनि बैठक बस्दै

  • नागरिक रैबार
कांग्रेसलाई उम्मेदवार छान्न सकस, आज पनि बैठक बस्दै

काठमाडौँ– आगामी वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि नेपाली कांग्रेसको बैठक बस्दैछ ।

कांग्रेस संसदीय बोर्डको बैठक बिहान ९ बजे र केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।उम्मेदवारको टुंगो लगाउन मंगलबार र बुधबार बसेको बैठक निष्कर्षविहीन भएपछि बैठक आज पनि बस्न लागेको हो ।

उम्मेदवारको विषयलाई लिएर संस्थापन र इतरपक्ष आ–आफ्नै अडानमा रहँदा नेपाली कांग्रेसले उम्मेदवारको चयन गर्न सकेको छैन ।

विज्ञापन

सभापति शेरबहादुर देउवा डम्बर खड्कालाई इलाम–२ को उम्मेदवार बनाउनु पर्ने पक्षमा छन् भने शेखर कोइराला–गगन थापा लगायत इतरपक्ष भेषराज आचार्यलाई टिकट दिनुपर्ने अडानमा छन् । खबरहवबाट

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार