होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • छुटे राजेशपायल राईसहितका कलाकार
मनोरञ्जन

छुटे राजेशपायल राईसहितका कलाकार

  • नागरिक रैबार
छुटे राजेशपायल राईसहितका कलाकार

काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राईसहित तीनजना कलाकार छुटेका छन् ।

गए राति मापसे गरी होहल्ला गरेपछि काठमाडौँको थापागाउँबाट उनीहरूलाई नियन्त्रणमा लिइएको थियो । प्रहरी कार्यालयबाट छुटेपछि राईले भने–’ बानेश्वरमा मेरो स्नोकर पुल हाउस छ । त्यहाँ साथीहरूले होहल्ला गरे । उनीहरूलाई जोगाउन खोज्दा म पनि पक्राउ परे । ‘

‘हामीले यो देशमा योगदान नै नदिएको जस्तो गरी पक्राउ गरियो । रक्सी खाएपछि सामान्य हो हल्ला जसले पनि गर्छ । हामीले रक्सी खाँदा गन्ध आउने र अरुले खाए सुगन्ध आउने हो र ? ‘उनले प्रश्न गरे । राजेशपायल राई लोकप्रिय कलाकार हुन् । स्वदेश तथा विदेशका कार्यक्रमहरूमा उनको उच्च माग रहेको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार