होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • रोजगार
  • प्रधानमन्त्री रोजगार कार्यक्रमको एकदिने अभिमुखिकरण गोष्ठी सम्पन्न
रोजगार

प्रधानमन्त्री रोजगार कार्यक्रमको एकदिने अभिमुखिकरण गोष्ठी सम्पन्न

  • नागरिक रैबार
प्रधानमन्त्री रोजगार कार्यक्रमको एकदिने अभिमुखिकरण गोष्ठी सम्पन्न

नागरिक रैबार/बाजुरा ४ चैत्र। प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय तथा न्यनतम रोजगार सम्वन्धि जनप्रतिनिधि र १८ देखि ४९ वर्ष उमेर समूहका वेरोजगार व्यक्तिहरुसंगको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम आज सम्पन्न गरिएको हो ।नगरपालिकाका जनप्रतिनिधि र वेरोजगार व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र न्युनतम रोजगार बारे जानकारी दिन एकदिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको गरिएको थियो ।

अभिमुखिकरण कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमको लक्ष्य, उदेश्य, दिर्घकालिन सोच र न्युनतम रोजगार बारे जनप्रतिनिधि र वेरोजगार व्यक्तिहरुलाई बडीमालिका नगरपालिकाकी रोजगार संयोजक प्रमिला थापाले प्रशिक्षण गरेकी थिईन् ।

विज्ञापन

श्रमको सम्मान, राष्ट्रको अभियान भन्ने मुल नाराका साथ विगत पाँच वर्षदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम बडीमालिका नगरपालिकामा संचालन भईरहेको छ ।

यो कार्यक्रम अन्तरगत देशभरका ७ सय ७३ वटै पालिकामा प्रयाप्त मात्रामा रोजगारको अवसर सिर्जना भएको अन्तराष्ट्रिय श्रम संगठन नेपालका फिल्ड कोर्डिनेटर अविन्द्र लेखकले बताएका छन् ।

त्यस्तै अभिमुखिकरण गोष्ठीको समापन कार्यक्रममा बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले वेरोजगारी समस्याले विदेशीनु पर्ने बाध्यतालाई अन्त्य गर्न र नगरभित्रका विकास निर्माणका काममा यस कार्यक्रमले महत्वपूर्ण सहयोग पुगेको बताएकी छन् ।

बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा संचालन गरिएको अभिमुखिकरण कार्यक्रमको प्रमुख अतिथि अन्तराष्ट्रिय श्रम संगठन नेपालका फिल्ड कोर्डिनेटर अविन्द्र लेखक रहनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, ९ वटै वडाका वेरोजगार व्यक्ति लगायतको सहभागिता रहेको थियो भने कार्यक्रमको स‌चालन रोजगार सेवा केन्द्रका सहायक दलबहादुर दानीले गरेका थिए ।  कार्यक्रम नगरपालिकाको सभाहलमा भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार