होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जनताका गुनासासहितका सुझाव संकलन गर्न नगरप्रमुख खड्का गाउँ केन्द्रित
समाचार

जनताका गुनासासहितका सुझाव संकलन गर्न नगरप्रमुख खड्का गाउँ केन्द्रित

  • नागरिक रैबार
जनताका गुनासासहितका सुझाव संकलन गर्न नगरप्रमुख खड्का गाउँ केन्द्रित

नागरिक रैबार/बाजुरा १८ चैत्र। बाजुराको बडीमालिका नगरपालिकाका जनप्रतिनिधिहरुले नगरबासीका गुनासा सुन्न र समाधानका लागि प्रत्येक शुक्रबार र शनिवार गाउँगाउँमा जाने भएको छ ।

नगरपालिकाले प्रदान गरेका सेवा प्रवाह र कार्यक्रमका बारेमा जनताबाट गुनासो सुन्ने र आगामी वर्षका लागि वडा तथा नगरपालिकामा गर्नुपर्ने कार्यक्रम तथा योजनाको सुझाव लिन नगरप्रमुख अमर खड्का गाउँ केन्द्रित बनेका छन् ।  जसको सुरुवात हिजो शनिबार वडा नम्वर १ पिनालेखवाट गरिएको छ ।

वडा नम्वर १ को पिनालेखबाट सूरु भएको कार्यक्रममा विभिन्न सरोकारवालाले नगरपालिकाले प्रदान गर्ने सेवा प्रवाहका बारे र योजनाको समयमै कार्यन्वयन गर्ने गुनासो तथा सुझाव प्राथमिकताका साथ उठान भएको थियो ।

विज्ञापन

नगरपालिकाले लिएको रैथाने बालीको प्रवर्द्धन गर्ने नीतिको प्रशंसा हुनुका साथै आगामी दिनमा थप नीति तथा कार्यक्रमले अझ बढावा दिदै पालिकाले उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा स्थानीय दलका प्रतिनिधिहरुले जोड दिएका थिए ।

बडीमालिका नगरपालिकाले दिदै आएका सेवा प्रवाहलाई चुस्त दुरुस्त पार्न काम भइरहेको र जनसमुदायबाट आएका सुझावलाई ग्रहण गर्दै पालिकालाई सुख दुख विसाउने चौतारीको रुपमा विकास गर्दै लैजाने प्रतिवद्धता नगरपालिका प्रमुख प्रशासकीय अधिकृतले बताएका छन् ।

May be an image of 4 people and text

कार्यक्रममा सडक बाटोको स्तरउन्नति, महिला हिंसा सम्बन्धि सचेतना कार्यक्रम टोल स्तरमा, आय आर्जनका कार्यक्रममा जोड, सामुदायिक वन व्यवस्थापन, शैक्षिक गुणस्तर वृदि,ढल निकास, रोजगारीको अवसर सिर्जना गर्ने खालका कार्यक्रम समुदाय स्तरमा सञ्चालन गर्न सुझाव प्रस्तुत भएका थिए ।

नगरपालिकाले जनसुदायका गुनासोलाई गम्भिर रुपमा लिदै र सोही अनुरुपको समाधानका बाटा पहिल्याउने तथा आगामी वर्षको कार्यक्रम तर्जुमा गर्दा सम्बोधन गर्ने गरी लाग्ने नगर प्रमुखले अमर खड्काले बताएका छन् ।

साथै नगरपालिकाले रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि विद्यालय दिवा खाजामा साताको एक दिन अनिवार्य रैथाने वालीमा कोदोको परिकार बनाउन लगाउने, कोदोको बिष्कुट बनाउने उद्योग स्थापना गर्ने, कृषि हाट वजारको निर्माण कार्य अन्तिम चरणमा रहेको, स्वास्थ्य शहरी केन्द्र मार्फत वस्ति स्तरमा सेवा प्रवाह भएको र नगरपालिकाले विस्वास(विद्यालय,स्वास्थ्य र सचेतना) र कृपया(कृषि,पर्यटन र यातायात) मोडल मार्फत नगरपालिकालाई अगाडि बढाउन लागेको नगर प्रमुखले बताए ।

समापनमा बोल्दै वडा नं १ का अध्यक्ष कृष्ण बहादुर कार्कीले जनसमुदाय बाट उठान भएका जनगुनासोलाई सम्बोधन गर्दै लैजाने र वडा वाट सञ्चालन गरिने कार्यक्रममा सवैलाई समेट्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

बडीमालिकाका नगर प्रमुख अमर बहादुर खड्काको प्रमुख अतिथि, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत बम बहादुर के सी रहेको कार्यक्रममा वडा नं १ का अध्यक्ष कृष्ण बहादुर कार्कीले अध्यक्षता गर्नुभएको थियो । कार्यक्रममा कार्यापालिका सदस्य बुदे ल्वार, वडा नं १ का वडा सदस्यहरु, नगरपालिका सेवा केन्द्र प्रमुख, नेकपा एमालेका जिल्ला कमिटी सदस्य लाल बहादुर कार्की, वडा नं १ मा रहेका राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रध्यानाध्यापक,सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र नगरपालिका कर्मचारी लगायत १५० भन्दा वढी जनसमुदायको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै