होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र ६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काेभिडकाे डरले हुम्लाका विद्यालय पुनः बन्द
समाचार

काेभिडकाे डरले हुम्लाका विद्यालय पुनः बन्द

  • नागरिक रैबार
काेभिडकाे डरले हुम्लाका विद्यालय पुनः बन्द

हुम्ला २४ साउन ।  केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर नघटेको निष्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा संचालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।

ताँजकोट र अदानचुलीकाका प्रमुख प्रशासकीय अधिकृतलाई शुक्रबार बसेको डिसीसिएमसी बैठकपछि विद्यालय सञ्चालन नगर्न फोनमार्फत जानकारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।

विज्ञापन

त्यस क्षेत्रका कतिपय स्थानमा टेलिफोनले राम्रोसँग काम नगरेका कारण अझै स्पष्ट जानकारी हुन नसकेको उनले बताए । गाउँगाउँमा कोरोना संक्रमणका लक्षणसँग मिल्ने बिरामी बढिरहेको अवस्थामा भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्न नसकिने निष्कर्ष बैठकले निकालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

चंखेलीमा गत २९ असार, ताँजाकोटमा १५ साउनर अदानचुलीमा २० साउनबाट विद्यालय सञ्चालन हुँदै आएको छ । तीनवटा गाउँपालिकामा पठनपाठन भइरहेका ६६ वटा विद्यालय पुनः बन्द हुने भएका हुन् ।

विद्यालयमा विद्यार्थीको भीडभाड बढी हुने र यसबाट संक्रमण बढ्न सक्ने भएका कारण बन्द गर्न जिल्ला शिक्षा समन्वय एकाइ प्रमुखलाई जानकारी गराइएको र डिसीसिएमसीको बैठकले जिल्लामा पठनपाठन भइरहेका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार