होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भोलिदेखि एसईई, ५ लाख विद्यार्थी सहभागी हुँदै
देश/प्रदेश

भोलिदेखि एसईई, ५ लाख विद्यार्थी सहभागी हुँदै

  • नागरिक रैबार
भोलिदेखि एसईई, ५ लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि सुरु हुँदै छ ।

परीक्षा भोलि (बिहीबार) बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन भोलि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार आठ सय ६ विद्यालयबाट पाँच लाख चार हजार ४१४ परीक्षार्थी सामेल हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

त्यसमध्ये छात्र दुई लाख ५३ हजार ७२७ छन् भने छात्रा दुई लाख ५० हजार ७ सय ७२ र १५ जना अन्य सहभागी हुँदै छ ।

विज्ञापन

यसपालि जापानको एउटा विद्यालयबाट २३ नेपाली विद्यार्थी पनि सहभागी हुँदै छन् । विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षालाई स्वच्छ व्यवस्थित र भयरहित वातावरणमा सञ्चालन गर्न र निर्धक्क रुपमा परीक्षा दिन बोर्डले आग्रह गरेको छ ।

देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन हुनेछ । केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी गरी ७७ हजार जनशक्ति परिचालन गरिँदै छ । २० वटा विषयमा परीक्षा सञ्चालन हुनेछ । यस वर्ष एसईई पास हुन ७५ पूर्णांकको सैद्धान्तिक परीक्षामा हरेकमा ३५ प्रतिशत अर्थात् २७ अंक अनिवार्य ल्याउनुपर्छ । कान्तिपुरटिभिबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि