होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सहकारी प्रकरणमा रवि लामिछानेको छानविन हुनुपर्छः काँग्रेस नेता शर्मा
Breaking News

सहकारी प्रकरणमा रवि लामिछानेको छानविन हुनुपर्छः काँग्रेस नेता शर्मा

  • नागरिक रैबार
सहकारी प्रकरणमा रवि लामिछानेको छानविन हुनुपर्छः काँग्रेस नेता शर्मा

नागरिक रैबार/बाजुरा १४ बैशाख।नेपाली काँग्रेसका नेता एंव प्रतिनिधि सभा सदस्य डाक्टर शुनिल शर्माले सहकारी काण्डमा मुछिएका रवि लामिछानेको संसदीय समिति बनाएर छानविन गर्नु पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन बाजुरा शाखाले शुक्रबार मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् ।

सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेलाई संसदीय छानविन आयोग समिति बनाएर छानविन गर्नका लागि नेपाली काँग्रेसले संसदमा माग गरेको भएपनि सरकारले वेवास्ता गरेको उनले आरोप लगाएका छन् ।

विज्ञापन

संसदमा भएका सवै सांसदहरु कुनैपनि काण्डमा मुछिएका भए उनीहरु सवैको निष्पक्ष छानविन गरिनुपर्छ भन्ने माग आफुले संसदमा समेत उठाउँदै आएको छ उनले भने, ।

एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि बाजुरा पुगेका शर्माले मार्तडीमा पत्रकार सम्मेलनमा सत्ता गठबन्धनको कडा विरोध गरेका छन् ।

सत्ता बचाउनु प्रमुख उद्देश्य राखेर चलिरहेको सरकारले जनताका पक्षमा काम गर्न नसक्ने शर्माको दाबी छ । शर्माले काँग्रेस र एमालेको सरकार बनाएर स्थायी विकास र सुशासनको पक्षमा काम गर्नुपर्ने बेला आएको बताएका छन् ।

पत्रकार सम्मेलन प्रेस युनियन बाजुराले आयोजना गरेको हो । सरकार परिवर्तका कारण विकास निर्माण र अर्थतन्त्रमा सुधार आउन नसकेको शर्माको दाबी छ ।

नेपाल प्रेस युनियन बाजुराका उपाध्यक्ष जयबहादुर रावतको अध्यक्षतामा संचालन भएको कार्यक्रममा काँग्रेसका नेता तथा प्रतिनिधी सभाका सदस्य डाक्टर सुनिलशर्मा प्रमुख अतिथी रहेका थिए ।

पत्रकार सम्मेलनमा खोटाङ जिल्लाका पुर्व पार्टी सभापति सुवास पोखरेल,नेपाल प्रेस युनियनका सुदूरपश्चिम प्रदेश महासचिव हरिश भट्ट, पुर्व केन्द्रीय सदस्य दयाराम पण्डित, पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल, प्रेस चौतारी बाजुरा अध्यक्ष मदन विक लगायत सहभागि थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार