होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, चैत्र ५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बडीमालिका ९ को वडा कार्यालयमा स्थानीयद्धारा ताला
समाज

बडीमालिका ९ को वडा कार्यालयमा स्थानीयद्धारा ताला

  • नागरिक रैबार
बडीमालिका ९ को वडा कार्यालयमा स्थानीयद्धारा ताला

नागरिक रैबार/बाजुरा २० फागुन। बडीमालिका नगरपालिका वडा नं. ९ को वडा कार्यालयमा स्थानीयले तालावन्दी गरेका छन् ।प्रधानमन्त्री रोजगार छनोटमा वास्तविक गरिवहरुलाई छनोट नगरेको भन्दै बडीमालिका ९ का स्थानीयहरुले वडा कार्यालयमा तालावन्दी गरेका हुन् ।

यस वर्ष बडीमालिका नगरपालिका वडा नं. ९ मा १ सय ३३ जना रोजगार कार्यक्रमका लागि छनोट गरिएका छन् । तिमध्ये जनप्रतिनिधिहरुका आफन्तहरुलाई मात्रै छनोट गरेको स्थानीयले आरोप लगाएका छन् ।

No description available.

विज्ञापन

हरेक वर्ष नेपाल सरकारले बेरोजगार युवाहरुलाइ लक्षित गरि प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम संचालन गर्ने गरेको छ । तर उक्त कार्यक्रममा बेरोजगार युवाहरुलाई छनोट गर्दा वडाका जनप्रतिनिधिहरुले आफ्ना नातेदार र आसेपासेलाई मात्र छनोट गरेको हुँदा वडा कार्यलयमा ताला लगाउन बाध्य भएको स्थानीयले बताएका छन् ।

No description available.

स्थानीयहरुका अनुसार रोजगार छनोटको निणर्य नसच्याईए सम्म वडा कार्यालयको ताला नखोलिने बताएका छन । यस वर्ष रोजगार छनोटमा जनप्रतिनिधिका आफन्तहरु बढी दोहोर्याइएको पाइएको छ । यति सम्मकी रोजगार कार्यक्रममा नेकपा एमालेका वडा कमिटी अध्यक्ष जंग बडुवाल, सचिव रामबहादुर विश्वकर्मा समेत छनोट भएका देखिन्छन् ।

यता कार्यवाहक बडीमालिका ९ का वडा अध्यक्ष लालचन्द नेपालीले यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा वास्तविक गरिवहरुलाइ मात्रै  छनाेट गरेको बताएका छन् ।  वडा कार्यालयमा तालावन्दी गरेपछि वडाबाट हुनै दैनिक कामकाज प्रभावित बनेको छ ।

May be a black-and-white image of text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार