होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विराटनगर, २० असोज– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रदेशसभा बैठकमा कार्कीले शनिबार राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रदेशसभा बैठक बसेको थियो । तर, विश्वासको मतको प्रक्रिया सुरु हुनुअघि नै कार्कीले राजीनामा दिने बताए । त्यसअघि बसेको प्रशदेशसभा संसदीय […]
राजेन्द्र विक बाजुरा,१७असोज ।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिती सचीव तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्यको उपस्थितिमा बाजुरामा हुने भनिएको माओवादी केन्द्र बाजुराको प्रशिक्षण कार्यक्रम स्थगित भएको छ। माओवादी केन्द्र बाजुराले संचालन गरेको जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत एक महिने कार्यक्रमको प्रभाव बारे समिक्षा तथा नेता कार्यकर्तामा उर्जा प्रदानका निम्ति गरिने प्रशिक्षण […]
कैलाली– धनगढी–खुटिया– बीपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ ।गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना […]
नागरिक रैबार/बाजुरा १७ असोज।बझाङ जिल्लालाई केन्द्र विन्द बनाएर गएको भुकुम्पका परि घाइते भएका बाजुराको खप्तड क्षेडेदह गाउँपालिका वडा नम्वर ४ खाती गाउँका दिर्घ धामीको धनगढीस्थित नोभा अस्पतालमा उपचार भईहरहेको छ । बाजुराका २० वर्षिया धामी कामको सिलसिलामा बझाङ रहेका बेला पहाडको थुम्को भत्केर खुट्टामा गम्भिर चोट लागि घाइते भएका थिए । घाईते धामीलाई जिल्ला अस्पताल […]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैंको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज २८ गते आइतबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले […]
काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको […]
बाजुराबाट प्रदेश अधिवेशनका लागि प्रतिनिधीत्व गर्ने पालिका प्रतिनिधीहरू यी हुन् : बुढीनन्दा नगरपालिका १. बल्देव रेग्मी २. जनक कुमार बोहरा ३. पेम्बा गुरुङ भोटे ४. नन्द बहादुर रोकाया ५. दान बहादुर जेठारा ६. राजन रोकाया ७. केशर बहादुर शाही ८. जंगवीर रोकाया ९. रामबहादुर बोहरा १०. धनबहादुर रावत ११. धनबहादुर विक १२. साइमल ल्वार १३. […]
राजेन्द्र विक बाजुरा,१६असोज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिती सचीव तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्य बाजुरा आउने भएका छन् । माओवादी केन्द्र बाजुराले संचालन गरेको जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत एक महिने कार्यक्रमको प्रभाव बारे समिक्षा तथा नेता कार्यकर्तामा उर्जा प्रदानका निम्ति गरिने प्रशिक्षण कार्यक्रमका लागि सचीव आचार्य संगै माओवादी केन्द्रका […]
राजेन्द्र विक बाजुरा,१५असोज। यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने गरि तयारी सुरु गरिएको छ ।बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको अतरिया,धनगढी, लगायतका […]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन् । चीनको औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरुपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन […]
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भए । उनले ६१५ मत पाए । यस्तै, सचिवमा नवराज सिलवालले […]
नागरिक रैबार/बाजुरा १३ असोज।बडीमालिका नगरपालिकाले स्थानीय पर्व अनन्ते मेलाको अवसरमा भोलि आईतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भोली नगरपालिकामा सार्वजनिक विदा दिने निर्णय गरेको हो । आज नगरपालिकामा बसेको नगरको २८ औं कार्यपालिका बैठकले भोली आईतबार नगरपालिकाका मातहतका सवै कार्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय […]
नागरिक रैबार/बाजुरा १२ असोज । अनन्ते मेला आजबाट विधिवत रुपमा सूरु हुने भएको छ । सदरमुकाम मार्तडीको उपरकोटमा लाग्ने मेला आजबाट सूरु हुन् लागेको हो । आजबाट सूरु हुने अनन्ते मेलालाई व्यवस्थित र मर्यादित बनाउन हिजो बडीमालिका नगरपालिका ८ को वडा कार्यालयमा स्थानीयबासीहरुको बैठक बसेको थियो । बैठकले अनन्ते मेलालाई व्यवस्थित बनाउन व्यवस्थापन समिति गठन […]
नागरिक रैबार/बाजुरा ११ असाेज। बाजुराकाे सदरमुकाम मार्तडीकाे जिउलाबाट हराएका बालक आफन्तकाे सम्पर्कमा आएका छन् । बिहिबार विहान जिउलाबाट हराएका बुढिगंगा नगरपालिका ५ निमनि घर भई हाल मालिका नमुना माविमा कक्षा ८ मा अधययनरत सुशिल विक हराएका थिए । आज विहान ६ बजेदेखि कोठाबाट बेपत्ता भएकाे उनी अहिले सम्पर्कमा आएकाे आफन्त जगतबहादुर विकले जानकारी दिएका छन् […]
नागरिक रैबार/बाजुरा ११ असाेज। बाजुराकाे सदरमुकाम मार्तडीबाट एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बुढिगंगा नगरपालिका ५ निमनि घर भई हाल मालिका नमुना माविमा कक्षा ८ मा अधययनरत सुशिल बिक रहेका छन् । उनी मार्तडीकाे जिउलामा बस्दै आएका थिए । आज विहान ६ बजेदेखि कोठाबाट बेपत्ता भएकाे उनका आफन्त जगतबहादुर विकले जानकारी दिएका छन् […]
नागरिक रैबार/बाजुरा ११ असोज। बाजुरामा पनि विश्व रेबिजविरुद्धको दिवस भव्यताका साथ मनाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराकाे आयाेजनामा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेर मनाइएको हो । सदरमुकाम मार्तडीमा बडीमालिका नगरपालिका र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराकाे आयाेजनामा आज विहान प्रभात फेरी कार्यक्रम गरी मनाएकाे हो । […]
नागरिक रैबार/बाजुरा १० असोज ।बाजुराको बडीमालिका नगरपालिकाले मार्तडी बजार भन्दा बाहिर बाउलीमा बसपार्क बनाउन लागेको भन्दै बडीमालिका-९ का स्थानीय आक्रोसित बनेका छन् । बडीमालिका ९ को पाल्तमा करोडौं रकम खर्च गरेर निर्माण गरिएको बसपार्कलाई अलपत्र छाडेर नगरपालिकाले बजारबाहिर बाहुलीमा बसपार्क बनाउन लागेपछि बडीमालिका ९ का स्थानीय आक्रोसित बनेका हुन् । यस अघि करोडौं लगानी लगाएर […]
नागरिक रैबार/बाजुरा १० असाेज । बाजुरा सदरमुकाम मार्तडीकि एक महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बडीमालिका नगरपालिका वडा- ९ की १८ बर्षिया ललिता नेपालीले जिल्ला अस्पताल बाजुरामा २ सज्तानलाई जन्म दिएकि थिईन् । उनकाे स्वास्थ्यमा जटिल समस्या आएपछि उनकाे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्वार गरि सुर्खेत लगिएकाे हो । जिल्ला अस्पताल बाजुराले […]
नागरिक रैबार/बाजुरा १० असोज। खाद्य ब्यवस्था तथा व्यापार कम्पनि लिमिटेडको कोल्टीमा चामल सकिएपछि डिपो नै बन्द गरिएको छ । डिपोमा रहेको माैज्दात चामल सकिएपछि कार्यालयले हिजो एक सूचना जारी गर्दै डिपोले चामल सकिएको जनाएको हो । गत आर्थिक वर्ष २०७९/८० को मौजाद रहेको करीव १५ सय ५२ क्वीन्टल चामल विक्रि वितरण गरि सकिएको र यो […]
काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो । ‘दशैं, तिहार र छठ पर्वका लागि २१ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, […]