होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • विद्युतकाे तार सट भएर त्रिवेणीकाे एक घरमा आगलागी
Breaking News

विद्युतकाे तार सट भएर त्रिवेणीकाे एक घरमा आगलागी

  • नागरिक रैबार
विद्युतकाे तार सट भएर त्रिवेणीकाे एक घरमा आगलागी

नागरिक रैबार/बाजुरा १० पुस। बाजुराकाे त्रिबेणी नगरपालिका -५ काे किम्नीमा एक घरमा विद्युतकाे तार सट भएर आगलागी भएकाे छ । मंगलबार विहान वडा नम्वर ५ किम्निमा रहेकाे देउराम बुढाकाे घरमा विद्युत लाईन सट भएर घरमा आगलागी भएकाे हाे ।

विहान खाना पकाउने क्रममा एक्कासी विद्युत लाईन सट भएर घरमा आगलागी भएकाे स्थानिय जनक बहादुर बुढाले बताएका छन् । आगलागीपछि स्थानियले आगाे नियन्त्रणमा लिइसकेकाे छ  ।

उनकाे घरमा आगलागी हुदाँ घर पुर्ण क्षती भएकाे छ भने घरमा रहेका लुगा कपडा, भाडाकुडाँ, अन्नपात लगायत सबै जलेर नष्ट भएकाे स्थानियहरुले बताएका  छन ।

विज्ञापन

आगलागीमा मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । घरमा आगलागी हुँदा उनकाे ८ जनाकाे परिवार बिस्तापित भएकाे छ ।

आगलागी बाट पिडित बनेकाे परिवारका लागि नेपाल रेडक्रस बाजुरा शाखाका सभापति मेघराज जैशीकाे टिम राहतका सामाग्री लिएर त्यसतर्फ गएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार