होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माओवादी केन्द्र बाजुराको समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
समाचार

माओवादी केन्द्र बाजुराको समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • नागरिक रैबार
माओवादी केन्द्र बाजुराको समिक्षा बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

राजेन्द्र विक बाजुरा,१३पुष
नागरिक रैबार/नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको ४ महिने जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा बैठक,प्रशिक्षण तथा समापन कार्यक्रम सम्पन्न भएको छ।
माओवादी केन्द्र बाजुराका संयोजक देबिचन्द्र बुढा दिपकको अध्यक्षतामा भएको समिक्षा बैठक,प्रशिक्षण तथा समापन कार्यक्रमको प्रमुख अतिथी स्थायी समिती सदस्य तथा माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट बिनोद रहनु भएको थियो भने।बिशिस्ट अतिथिमा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरि ज्ञवाली,केन्द्रिय सदस्य तथा बाजुरा इन्चार्ज देबकी मल्ल ,केन्द्रिय सदस्य लक्ष्मण खड्का सहित प्रदेश कमिटिका सदस्यहरू अतिथीका रुपमा उपस्थिति रहेका थिय ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा ४ महिने रुपान्तरण अभियानलाइ प्रभावकारी बनाउन गठित जिल्लाका ५ वटा कमान्डका प्रमुख हरु द्वारा भए गरेका कार्य प्रगति र अवस्था बारे रिपोर्ट प्रस्तुत गरिएको थियो ।
करिब ४ सय जना नेताकार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा बोल्ने अधिकांस नेताहरूले देश माओवादी केन्द्रकै एजेन्डामा घुमिरहेको अवस्थामा पार्टिलाइ शशक्त बनाउन कुनै समस्या नरहेकाले नेता कार्यकर्ताले रुपान्तरण हुनुपर्ने र जनता संग जोडिनु पर्नेमा जोड दिएका छन्।
४ महिने जनतासंग माओवादी विशेष रुपान्तरण अभियान माओवादी केन्द्रलाई जनता संग जोड्ने र कार्यकर्तामा उर्जा सहितको रक्तसञ्चार सिर्जना गर्ने उदेश्यमा केन्द्रित रहेको थियो।
अभियानको दौरानमा जिल्लाका बिभिन्न स्थानिय पालिकामा बिभिन्न पार्टी छोडेर संयौंको संख्यामा नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको तथा पछिल्लो समय शुसासन र समृद्धिका पक्षमा गरेका ऐतिहासिक एवम् लोकप्रिय कार्य जनतालाई सुसूचित गरि पार्टि संगठन निर्माणलाई रफ्तारमा अगाडि बढाउने कार्यको थालनी गरिएको माओवादी केन्द्र बाजुराले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार