होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिममा गुण्डागर्दी गर्नेले कि सुर्धिनुपर्छ कि भाग्नु पर्छ: डिआईजी बाेहरा
Breaking News

सुदूरपश्चिममा गुण्डागर्दी गर्नेले कि सुर्धिनुपर्छ कि भाग्नु पर्छ: डिआईजी बाेहरा

  • नागरिक रैबार
सुदूरपश्चिममा गुण्डागर्दी गर्नेले कि सुर्धिनुपर्छ कि भाग्नु पर्छ: डिआईजी बाेहरा

नागरिक रैबार/बाजुरा १० पुस। सुदूरपश्चिम प्रदेशका प्रहरी नायव महानिरिक्षक (डिआईजी) भरतबहादुर बाेहराले प्रदेशभित्र गुण्डागर्दी गर्नेविरूद्व निर्मुल रूपमा प्रस्तुत हुन् प्रहरीलाई निर्देशन दिएका छन ।
साेमबार जिल्ला प्रहरी कार्यालय बाजुराकाे नवनिर्मित भवनहरूकाे उद्घाटन् कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रदेश प्रमुख बाेहराले मातहतका प्रहरीलाई साे कुराकाे निर्देशन गरेका हुन् ।

प्रदेशका हरेक ठाउँमा लागू औषध र अन्य गैरकानुनी अपराधमा संलग्नहरूलाई देख्याे भने ठाउँकाे ठाउँ समातेर प्रहरीलाई बुझाएर सहयाेग गर्न स्थानीय नागरिकहरूलाई डिआईजि बाेहराले आग्रह गरेका छन् ।

समाजमा अशान्ति र अराजकता फैलाउने उच्श्रृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्ने विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै पनि किसिमको दवाव र प्रभावमा नपरी कार्य सम्पादन गर्न मातहतका प्रहरीलाई उहाँले  निर्देशन गरेका छन् ।

विज्ञापन

सुदूरपश्चिममा गुण्डागर्दी गर्नेले कि सुर्धिनु पर्छ, कि प्रदेश नै छाेडेर भाग्नु पर्छ उनले भने, ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार