होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रमित वि.क.। बाजुराको गौमुल गाउँपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरूलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रीत आन्दोलन सुरु भएपछि गाउँपालिकाले विद्यालय नै बन्द गरेर पठन पाठनमा समस्या नपार्न आग्रह गरेको हो । विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हकअधिकार हनन् नगर्न गाउँपालिका मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता […]
नागरिक रैबार/बाजुरा ४ असोज।शिक्षकहरु विद्यालय छाडेर आन्दोलनमा होमिएपछि बाजुराका सामुदायिक विद्यालयहरु बन्द छन् । शिक्षकहरु काठमाण्डौंमा भईरहेको शिक्षकहरुको आन्दोलनमा सहभागि हुन् गएपछि यहाँका विद्यालयमा अधिकाँश शिक्षकहरु आएका थिएनन् । बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविमा अध्ययनरत विद्यार्थीहरु विहिबार विद्यालय समयमा पुगेका थिए । विद्यालय समयमा पुगेका विद्यार्थीहरु पढाई हुन्छ, शिक्षक आउँछन भनेर कक्षा कोठाभित्र पसेका […]
नागरिक रैबार/बाजुरा ३ असोज। बाजुरा जिल्लाका शिक्षकहरुले विद्यालयभित्रै शिक्षा ऐनको मस्यौदा जलाएका छन् । त्रिवेणी नगरपालिकामा रहेको खिन्नै आधारभुत विद्यालयका शिक्षकहरुले विद्यालयभित्रै शिक्षा विधेयकको मस्यौदा जलाएका हुन् । सरकारले भदौ २७ गते संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयक’ प्रति असन्तुष्टि जनाउँदै विधेयकको मस्यौदा जलाएको शिक्षक समीर थापाले […]
नागरिक रैबार/बाजुरा ३ असोज।बाजुराको बडीमालिका नगरपालिकाले नगरका २ सय अतिविपन्न नागरिकहरुको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । नगरपालिकाले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । नगरपालिकाले आज संविधान दिवसको अवसर पारेर नगरपालिकाका अति विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवा लिन सहज होस भन्ने उद्देश्यले निशुल्क स्वास्थ्य विमा गरेको […]
नागरिक रैबार/बाजुरा ३ असोज।बाजुरा उद्योग बाणिज्य संघले भर्खैरै आउनु भएका प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई स्वागत गरेको छ । उद्योग बाणिज्य संघले बुधबार सिडियो पौडेल र बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र साप्कोटालाई टिका, माला र डायरी दिएर स्वागत गरेको संघका वरिष्ट सदस्य सुरेन्द्र नाथले जानकारी दिएका छन् । सिडियो पौडेल र प्रमुख प्रशासकीय […]
काठमाडौँ । देशभरका शिक्षक कर्मचारीहरू काठमाडौँमा केन्द्रित भएका छन्। विद्यालय शिक्षा विधेयकको विरोधमा उनीहरूले आजदेखि काठमाडौँमा सडक आन्दोलन गर्न लागेका हुन्। त्यसका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका हुन्। नेपाल शिक्षक महासङ्घको आह्वानमा उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन्।महासङ्घले विभिन्न १८ बुँदे […]
राजेन्द्र विक बाजुरा,२ असोज।अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाइ कमिटी द्वारा भलिबल प्रतियोगिता आयोजना संचालन भएको छ। हाम्रो संविधान राम्रो संविधान भन्ने मुल नाराका साथ मनाउन गइरहेको ९औं संविधान दिवसको अवसर पारी अखिल क्रान्तिकारी बाजुरा जिल्ला कमिटिको समन्वय र अखिल क्रान्तिकारी बाजुरा क्याम्पस इकाई कमिटी द्वारा भलिबल प्रतियोगिता आयोजना गरिएको अखिल क्रान्तिकारी बाजुरा बाजुरा अध्यक्ष खेमराज […]
काठमाडौं । आज ऋषिपञ्चमी पर्व नेपाली नारीहरुले सप्तऋषिको पूजा गरी मनाउँदैछन् ।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा ऋषिपञ्चमी पर्व मनाइन्छ । आज बिहान १० बजेर ४९ मिनेटमा चतुर्थी तिथि सकिएर पञ्चमी तिथि सुरु हुने भएकाले ऋषिपञ्चमीका व्रतालुले सप्तऋषिको पूजा गर्नुपर्ने धर्मशास्त्रका जानकार डा. वासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । यो पर्वमा महिलाहरुले बिहानै उठेर नित्य कर्म […]
काठमाडौं । नेकपा एमालेले संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको स्मृतिमा आज सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्दैछ। एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन्। पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, […]
तीजको नाचगानमा झडप हुदा एक युवाको ज्यान गएको छ। नाचगानमा विवाद हुँदा कुटपिटबाट तिनाउँ गाउँपालिका–२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। हिजो दरखाने दिन बेलुका तीजको नाचगान भैरहेको ठाउँ घोडेवासमा आफ्नै साथीहरुबीच सामान्य झगडा भएको थियो। यो विषयलाई लिएर आज बिहान सुनिलमाथि कुटपिट भएको र घाइते सुनिलको उपचारको […]
नागरिक रैबार/बाजुरा १ असोज।बाजुरामा भर्खैरै आउनु भएका नयाँ प्रमुुख जिल्ला अधिकारी (सिडियो) भिमकान्त पौडेललाई बडीमालिका नगरपालिकाले स्वागत गरेको छ । बडीमािलका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का लगायत नगरपरिवारको तर्फबाट सोमबार सिडियो पौडेललाई नगरपालिकाको कार्यालयमा एक औपचारिक कार्यक्रमका विच स्वागत गरिएको हो । सिडियो पौडेललाई टिका र माला लगाएर स्वागत गर्दै नगरप्रमुख खड्काले जिल्लाको शान्ति सुरक्षा र […]
बैतडी– आज बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बूढी पोल्ने पर्व मनाइँदैछ । हरेक वर्ष असोज १ गते यो पर्व धुमधामसँग मनाउने प्रचलन छ । विजय उत्सवका रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए । परम्परागत किंवदन्तीअनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरूले […]
राजेन्द्र विक/ बाजुरा १ असोज। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र देशका ७७ जिल्लामै यतिखेर संगठन निर्माणका लागि भन्दै ग्रासरुट स्तरमा खटिरहेको छ। पार्टिलाइ नयाँ गति दिने र कार्यकर्तामा रक्तसञ्चार गराउने तथा ०८४ को आम निर्वाचनमा पार्टिलाइ एक नम्बरको बनाउने रणनिती माओवादीको मुख्य योजना छ।हाल माओवादी केन्द्र निकै कमजोर अवस्था रहेको बाजुरामा पनि यतिबेला नेता कार्यकर्ता […]
काठमाडौँ । धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका […]
काठमाडौं । हरितालिका तीजको अघिल्लो दिन आज दर खाएर मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तीजको […]
नागरिक रैबार/थारु समुदायमा ‘अटवारी’ पर्व आज देखि मनाईँदै छ। एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रुपमा लिइने ‘अटवारी’ पर्व थारु समुदायमा परम्परागत रुपमा मनाइने गरिन्छ । भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्ल पक्षको पहिलो आइतबारका दिन यो पर्व मनाइने गरिन्छ । थारु समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आइतबार यो पर्व सुरु भएर सोमबारसम्म […]
नागरिक रैबार/बाजुरा ३० भदाै। बाजुरामा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। शनिबार जिल्लाको बडीमालिका नगरपालिका–९ गड्खेतबाट स्थानीय चक्र बडुवालको पसलबाट १ सय ८८ लिटर घरेलु मदिरा बरामद गरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार स्थानीय व्यापारी चक्र बडुवालको पसलबाट १ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले भोलि (भदौ ३१ गते) प्रदेशभरि सार्वजनिक बिदा दिएको छ। थारु समुदायको अट्वारी पर्वको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने प्रदेश राजपत्रमा उल्लेख छ। तराईवासी थारु समुदायमा भोलि र पर्सी दुई दिन अट्वारी पर्व मनाइँदै छ।असोज १ गते हरितालिका तीज पर्वपनि धूमधामसँग मनाइँदै […]
गलेश्वर– हिन्दू महिलाको धार्मिक एवं सांस्कृतिक पर्व हरितालिका तीज नजिकिँदै छ । गाउँ, सहरमा यसको रौनक सुरु भइसकेको छ । तीज नजिकिँदै गर्दा नेपालमा तीजको मौलिकता भने हराउँदै गएको छ र विकृति मौलाउँदै गएको छ । तीजको बेलामा सबै जान्छन् मेलामा, म छोरीको आँशु खस्यो दैला ठेलामा । तीजको लहर आयो बरीलै । केही वर्षअघिसम्म […]
नागरिक रैबार/बाजुरा २९ भदाै। जिल्लाकाे बुढीगंगा नगरपालिका ९ र १० का कृषकहरूकाे बारीमा पाक्न लागेकाे बाली जंगली जनावरले सखाप पार्न थालेकाे छ । कृषकहरूले दु:ख गरेर लगाएकाे बाली पाकेर भित्र्याउन बेलामा जंगली जनावर (बदेँल, बाँदर) काे आहारा बनेपछि बुढीगंगा ९ काे जुवापानी र १० काे बदेडा तिमाडा सेलापाखाका कृषक चिन्तित बनेका छन् । यसरी पाकेकाे […]