होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले बाजुराका अध्यक्ष थापाद्वारा अनाथालयलाई सहयाेग
राजनीति

एमाले बाजुराका अध्यक्ष थापाद्वारा अनाथालयलाई सहयाेग

  • नागरिक रैबार
एमाले बाजुराका अध्यक्ष थापाद्वारा अनाथालयलाई सहयाेग

नागरिक रैबार/ बाजुरा। नेकपा एमाले बाजुराका अध्यक्ष भरतबहादुर  थापाले बुढीगंगा नगरपालिका– २ बल्देमा रहेको  अनाथालयलाई सहयोग गरेका छन् ।

शनिबार आफ्नो जन्मदिनको अवसर पारेर एमाले बाजुराका अध्यक्ष थापाले फजुल खर्चलाई रोकेर विपन्न र अनाथ बालबालिकालाई सहयोग गरेका हुन् ।

पार्टीका सचिव हुँदा गत वर्ष पनि जन्मदिनको अवसरमा कन्सर्न बाजुरामा रहेका अनाथ बालबालिकालाई शैक्षिक सामाग्री पाँच सय लिटरको पानी ट्यांकी सहयोग गरेका थिए ।

विज्ञापन

जन्मदिनको अवसरमा अध्यक्ष थापाले अनाथलयमा पुगेर शैक्षिक सामग्री र एक हजार लिटरको खानेपानी ट्याङ्कीसहित संस्थाका अध्यक्ष बहादुर थापालाई हस्तान्तरण गरेका छन् ।

जिल्लामा संचालित अनाथलयमा रहेका बालबालिकाको शैक्षिक गुणस्तर सुधार  गर्न र उनीहरुको शिक्षाको गुणस्तर वृद्धिका लागि शैक्षिक सामग्री लगायत ५० हजार बराबरको सामग्री सहयोग गरेको थापाले बताएका छन् ।  जन्मदिनको अवसरमा अनावश्यक फजुल खर्च गर्नुभन्दा विपन्न र अनाथ भएका बालबालिकालाई सहयोग गर्ने लक्ष्यका साथ कन्सर्नमा रहेका बालबालिकालाई सहयोग गरेकाे उनले बताएका छन् ।

राजनितिक रुपमा एमाले पाटी सचिवमा निर्वाचित भएर एमालेको चैतमा हुने अधिवेशनका लागि जिल्ला अध्यक्षमा चयन भएका थापाले जन्मदिनमा फजुल खर्चले केही सकारात्मक कार्य नहुने भएको जिल्लामा गरिव दुःखी बालबालिकालाई सहयेाग गर्न जागर भएकाले सो कार्य गरेको बताए ।

अध्यक्षले जन्मदिनको अवसरमा हस्तान्तरण गरेको शैक्षिक तथा अन्य सामग्री हस्तान्तरणमा कन्सर्न बाजुराका अध्यक्ष बहादुर थापाले सबैको सहयोगले बेसहारा बनेका बालबालिकालाई पालन पोषण र गुणस्तरिय शिक्षा हासिलमा टेवा पुगेको बताएका छन् ।

जन्मदिनको अवसरमा एमाले अध्यक्षकी धर्मपत्नी सहित उनी निकटका कार्यकर्ताहरु सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार