होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूर पहाडका खाद्य डिपोमा चामल किन्न विद्यार्थीको भिड
देश/प्रदेश

सुदूर पहाडका खाद्य डिपोमा चामल किन्न विद्यार्थीको भिड

  • नागरिक रैबार
सुदूर पहाडका खाद्य डिपोमा चामल किन्न विद्यार्थीको भिड

बाजुराः सुदूर पहाडका विकट वस्तीमा खाद्यन्नको आपुर्ति सहज छैन्।समयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यन्नको ढुवानी नगर्दा स्थानीयले दुःख पाउने गरेका छन्। बाजुरा सदरमुकाम मार्तडीमा रहेको खाद्य कम्पनीमा चामल किन्नेको भिड नै लाग्ने गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सस्तो मूल्य पर्ने मोटा चामल बिक्री गर्न थालेपछि किन्नेको भिड नै लाग्ने गरेको हो। सो डिपोमा गत भदौ २४ गते मोटा चामल सकिएकोमा झन्डै ६ महिनापछि चामल पुगेपछि त्यहाँका स्थानीय र सदरमुकाममा अध्ययनरत विद्यार्थीहरूको चामल किन्न भिड नै लाग्ने गरेको छ।

पहिलो चरणमा माघ ११ गते एक सय क्विन्टल आएको मोटा चामल दुई दिनमै सकिएको थियो। गत शुक्रबार एक सय क्विन्टल चामल आएपछि आइतबार चामल किन्नेको लामो लाइन लागेको थियो। अहिले ठेक्का प्रक्रियामा रहेकोले थप चामलका लागि पहल भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराका प्रमुख उमेश भण्डारीले बताए। मार्तडीमा अहिले एक सय २० क्विन्टल जिरा मसिनो चामल मौज्दात रहेको कार्यालयले जनाएको छ।

विज्ञापन

कम्पनीको कोल्टी बिक्री केन्द्रमा भने मोटा चामल नपुग्दा स्थानीय महँगीको मारमा परेका छन्। कोल्टीका लागि मोटा चामल मार्तडी पुगिसकेको भएपनि सडक अवरुद्ध हुँदा मार्तडीमै थन्किने भएको छ। मार्तडी कोल्टी सडकको अनाई खोलामा सडक भत्किएकाले उक्त सडकमा करिब एक हप्तादेखि सवारी आवतजावत बन्द छ।

उता हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा असारमै चामल सकिएको थियो भने स्वामिकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि गत जेठमै चामल सकिएको थियो। सुदूरपश्चिमका पहाडी जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले ढुवानी गर्दै आए पनि समयमा आवश्यक खाद्यन्न नपुग्दा विकट वस्तीका स्थानीयले दुःख पाउने गरेका छन्। दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि