होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२२ माघ, काठमाडौं । बालुवाटारको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न १ सय ७५ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । बुधबार अख्तियारले पूर्वमन्त्री विजय गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि […]
नागरिक रैबार/बाजुरा २२ माघ। बडीमालिका नगरपालिका वडा नं. ८ का स्थानीयहरुले बालविवाह अन्त्य गर्नका लागि सक्रिय भएर लाग्ने बताएका छन् ।बडीमालिका नगरपालिकाको वडा नं. ८ ले बुधबार वडामा बालविवाह अन्त्य गर्नका लागि गरेको सामुदायिक भेलामा सहभागी स्थानीयहरुले यस्तो बताएका हुन् । बालबालिकाहरुको २० वर्षको उमेरपछि मात्रै विवाह गर्नुपर्छ भन्ने जनचेतना जगाउने उद्देश्यका साथ बडीमालिका नगरालिका […]
रामबहादुर विक/माघ २२ बाजुरा। जिल्लाको स्वामीकार्तिक गाउँपालिका १ साप्पाटामा एकहप्ता देखि फैलिएको भाईरल ज्वरोका कारण दुई जनाको ज्यान गएको छ । ज्वरोका कारण मृत्यु हुनेमा स्वामीकार्तिक गाउँपालिका १ साप्पाटा जोरुका ५५ वर्षिया प्रमिला कडारा र ९० वर्षिया दलबहादुर रावल रहेका छन् । ज्वरोकै कारण मिमा बोहराको मंगलबार मृत्यु भएको हो भने दलबहादुर रावलको बुधबार विहान […]
नागरिक रैबार/बाजुरा २१ माघ। अखिल नेपाल महिला संघ (अनेमसंघ) को केन्द्रिय सदस्यमा बाजुराका ३ जना महिला नेतृ चयन भएकी छन् । अनेमसंघको माघ २१ गते काठमाण्डौमा भएको केन्द्रिय एकता सभा कार्यक्रमबाट बाजुराका ३ जना महिला नेतृ पुर्व संविधान सभा सदस्य बसुन्धरा रोकाया, अनेमसंघ बाजुरा अध्यक्ष मनदेवी ओली र पुर्व अनेमसंघ क्रान्तिकारी बाजुरा जिल्ला ईन्चार्ज तथा […]
२१ माघ, काठमाडौं । सरकारले चीनको वुहानमा रहेका आफ्ना नागरिकहरुलाई नेपाल ल्याउने तयारी पूरा भएको बताएको छ । त्यसका लागि संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार आदेश पनि जारी भएको छ । मंगलबार संसदलाई यसबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न मन्त्रिपरिषद बैठकले […]
मदन वि.क./बाजुरा २० माघ। जिल्ला अस्पताल बाजुराले बडीमालिका बोडिङ्ग स्कुलको केही भाग आफ्नो हाता भित्र परेको भन्दै डोजर लगाएपछि पुरै स्कुलको बेजोग भएको छ । जिल्ला अस्पतालको हाता भित्रको जग्गामा बडीमालिका बोडिङ्ग स्कुलको केही भाग परेको भन्दै डोजर लगाएर आफ्नो जग्गा फेर्ता लिन थालेपछि बडीमालिका बोडिङ्ग स्कुल अहिले जोखिममा परेको हाे । अस्पतालले विद्यालयको व्लक […]
रामबहादुर बिक/ बाजुुरा २० माघ । सहयोगी हातहरुको सहास नेपाल बाजुराले बडिमालिका नगरपालिका वडा न९ का २२ परिवार लाई धुँवा रहित चुलो वितरण गरेको छ । सहयोगी हातहरुको समुह सहास नेपाल बाजुराको आर्थिक सहयोगमा धुवा रहित सुधारिएको फलामे चुलो वितरण गरिएको हो । विपन्न बर्गलाई लक्षित गरी उखाडी चौराटा कृषक समुहका विपन्न २२ परिवार लाई […]
नागरिक रैबार/बाजुरा २० माघ। नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष तथा नेपाल टेलिभिजनका बाजुरा संवाददाता पत्रकार प्रकाश सिंह यस वर्षको उत्कृष्ट जिल्ला संवाददाता बनेका छन् । पत्रकार सिंहलाई सोमबार नेपाल टेलिभिजनको ३५ औं वार्षिकोत्सवका अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नगद सहित पुरस्कृत गरेका हुन् । नेपाल टेलिभिजनको जिल्ला सम्वाददाताको रुपमा आर्थिक […]
सुदूरपश्चिममा विपन्न तथा लोपोन्मुख जातीको घर निर्माण गर्ने भन्दै लागु भएको जनता आवास कार्यक्रम अलपत्र परेको छ। कैलाली र कञ्चनपुरमा ढिलोगरी कार्यक्रम सुरु भएपनि पहाडी जिल्लामा भने कार्यक्रम अलपत्र परेको हो। सुदूरपश्चिमका ७ पहाडी जिल्ला डोटी, डडेल्धुरा, अछाम, बाजुरा, बझाङ, दार्चुला र बैतडीमा लागु भएको जनता आवास कार्यक्रमले गति लिन नसकेको हो। कार्यक्रम कार्यान्वयन गर्ने […]
नागरिक रैबार/बाजुरा २० माघ। बडीमालिका नगरपालिकामा “एक घर एक धारा” अभियान सूरु गरिने भएको छ । उक्त अभियान बडीमालिका नगरपालिकाको वडा नं. ८ बाट सूरु गरिन लागेकाे हाे । नगरपालिका भित्रको घरधुरीलाई स्वच्छ खानेपानीमा पहुँच बढाउन उक्त अभियान बडीमालिका नगरपालिकाले सूरु गर्न लागेकाे हाे । युनिसेफ नेपालको ५० प्रतिशत र बडीमालिका नगरपालिकाको ३० प्रतिशत र […]
काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक समापन भएको छ ।समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो ।बैठकमा महासचिव विष्णु पौडेलले सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष ओलीले समापन मन्त्वय व्यक्त गरेका थिए । बैठकले भारतले एकतर्फी जारी गरेको नक्सा अश्वीकार गर्ने निर्णय गरेको […]
नागरिक रैबार/ बाजुरा १९ माघ। बाजुरा जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धीत निकायलाई नागरिक समाज बाजुराले हप्तादिन अगाडि जिल्लाका समसामयिक विषयमा ८ बुदे ध्यान आर्कषण पत्र दिएको थियो । आईतबार फेरि ८ बुदे ज्ञापनपत्र नागरिक सेवा सरोकार मञ्च बाजुराले तिनै विषयका सन्दर्भमा सिडियोलाई गुहार्न पुग्यो । र, भन्दै छ । सिडियो साहेव ! कोल्टीतिर निकै दुख […]
अछाम: अछाममा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी कुटिएका छन्। जिल्लाको बान्निगढी जयगढ गाउँपालिका–३ धारासैनको लामागाउँ टोलमा छाउगोठ भत्काउने अभियानमा संलग्न प्रहरी चौकी जगढमा कार्यरत प्रहरी हवल्दार धनबहादुर कैलामाथी कुटपिट भएको हो। उनलाई अन्दाजी ५४ वर्षीय धना साउँदले हातपात गरेकी थिइन। उनले गोठ भत्काउन गएको टोलीमा रहेका प्रहरी हवल्दार कैलामाथी भैँसी बाध्ने किलाले कुटपिट गरेको प्रहरीले […]
हेटौंडामा दुई स्कुल बसमाथि आगजनी भएको छ। हेटौँडा उपमहानगरपालिका–५, पिप्लेस्थित जेनिथ इन्टरनेशनल विद्यालय परिसरभित्रका दुई बसमा शनिबार राति आगलागी भएको हो। ना ७ ख ८७२८ र ना१क ३२१८ नम्बरको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए। आगलागीबाट एउटा बस पूर्णरूपमा र अर्को आंशिक क्षति भएको जनाइएको छ। स्थानीयवासी र हेटौँडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा […]
जनकपुर, १८ माघ । प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेबित्तिकै तीन लाखको बिमा हुनेछ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्याउने निर्णय गरेको हो । नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले […]
अत्तरिया : कैलालीको गोदावरीमा रोकिएको ट्रकमा बस ठोक्किदा ३५ जना घाईते भएका छन्। दाङबाट दिल्ली जादै गरेको ना ७ ख ५६३७ नम्बरको बस ना ३ ख १४२४ नम्बरको रोकिराखेको ट्रकमा ठोक्किदा ३५ जना घाईते भएका हुन्। घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको र अन्यको अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्ष ज्ञानवहादुर […]
नागरिक रैबार/बाजुरा १६ माघ। जिल्ला प्रहरी कार्यालय बाजुराले केही समय यता विभिन्न खाले ज्यान सम्बन्धीको घटनाको प्रारम्भिक अनुसन्धानको प्रतिवेदन बुधबार जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमका वीच सार्वजनिक गरेको छ । हालसम्म जिल्लामा विभिन्न तवरबाट घटित ज्यान सम्बन्धीका तीन वटा, आत्म हत्या तथा दुरुत्साहन र एक फुटकर ज्यान सम्बन्धीको घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय बाजुराले अनुसन्धान […]
नागरिक रैबार/बाजुरा १६ माघ। सदरमुकाम मार्तडीस्थित रहेका विद्यालयहरुले आज विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाआराधना गरी भव्य रुपमा मनाएका छन् । सदरमुकाममा रहेको मालिका नमुना मावि, क्रियटर जोन एकेडेमी, कन्वर्स एकेडेमी, बडीमालिका बोडिङ्ग स्कुल, बालमन्दिर आधारभुत विद्यालय र समता स्कुलले विहिबार विहानैबाट विद्यालय परिसर भित्र रहेका मन्दिरमा सरस्वतिको पुजाआराधना गरि मनाएका हुन् । हरेक वर्ष माघ शुक्लपञ्चमीका […]
नागरिक रैबार/माघ १६ बाजुरा । जिल्लामा क्रियाशिल अरू दलको त कुरै छोडौँ । जनसरोकारका विषयमा नेकपा जिल्ला कमिटी बाजुरा समेत यतिबेला मौन देखिनु निकै दुखद कुरा भएको नेकपा जिल्ला कमिटी सदस्य नेता मानबहादुर विक (मनोज) ले बताएका छन् । बुधबार दिउँसो नागरिक रैबारसंगको कुराकानीमा उनले नेकपा बाजुराले जिल्ला कमिटीको बैठकबाट आफैले–आफैलाई बधाई दिने वाहेक जनपक्षीय […]
नागरिक रैबार/बाजुरा १४ माघ। सदरमुकाम मार्तडी बजारको विहिवार विहान अनुगमन गरिएको छ । बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा प्रशासन, प्रहरी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ पत्रकार लगायतको टोलीले मार्तडीको दुनीहाटबजारमा रहेका १५ बढी पसलहरुको अनुगमन गरेको हो । मार्तडी बजारका व्यापारीहरुले आफ्नो पसलमा मुल्य सुचि नै नराखेर व्यापार गर्दै आईरहेको र अस्वभाविक रूपमा खाद्यवस्तुको मुल्य […]