होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जनसरोकारका विषयमा नेकपा बाजुरा मौन देखियो
देश/प्रदेश

जनसरोकारका विषयमा नेकपा बाजुरा मौन देखियो

  • नागरिक रैबार
जनसरोकारका विषयमा नेकपा बाजुरा मौन देखियो

नागरिक रैबार/माघ १६ बाजुरा । जिल्लामा क्रियाशिल अरू दलको त कुरै छोडौँ । जनसरोकारका विषयमा नेकपा जिल्ला कमिटी बाजुरा समेत यतिबेला मौन देखिनु निकै दुखद कुरा भएको नेकपा जिल्ला कमिटी सदस्य नेता मानबहादुर विक (मनोज) ले बताएका छन् ।

बुधबार दिउँसो नागरिक रैबारसंगको कुराकानीमा उनले नेकपा बाजुराले जिल्ला कमिटीको बैठकबाट आफैले–आफैलाई बधाई दिने वाहेक जनपक्षीय काममा हेल्चक्र्याई गरेको जिकिर गरेका छन् । पार्टी एकीकरण पश्चात् नेकपा बाजुरा जिल्ला कमिटीदेखि वडा कमिटी सम्मले पुर्णता पाएको भएपनि जनसरोकारका विषयमा खासै चाँसो नदेखाएकोमा नेता विकले पार्टीगत चिन्ता व्यक्त गरेका छन् ।

जिल्लाका शीर्ष नेतृत्वले पार्टीको पद काखमा च्याप्ने ? पद अनुसार जिल्ला कमिटी नहाँक्ने अगुवा नेताहरू प्रति आक्रोश पोखेका छन् । अरू जिल्लाहरूमा नेकपा प्रभावकारी ढंगबाट संचालन भएर पार्टी र सरकारका राम्रा कामहरुको प्रचार–प्रसारमा जुटेको छ । जनसरोकारका सवालमा घनिभुत ढंगले छलफल गरेर अघि बढेको छ तर बाजुरा जिल्ला भने ब्यक्ति पिच्छे आफूखुशी चलेको आरोप लगाएका छन् ।

विज्ञापन

यहाँका नागरिकहरू विभिन्न समस्या झेल्दै जिल्ला प्रशासन लगायत तालुक निकायमा पत्राचार गर्दैछन् । अहिले सम्म नेकपा जिल्ला कमिटी बाजुराले न कार्यालय गठन गर्न सकेको छ, न अन्य कुनै विभाग गठन गर्न सकेको छ । न नियमित बैठक बस्न सकेको छ । नेता कार्यकर्ताको यति ठुलो जमाद भएरपनि उनीहरूको उचित कार्य जिम्मेवारी नतोकिँदा कार्यकर्ता भूमिका विहिन अवस्थामा छन् ।

एकखालको नैरस्यत्ता उत्तपन्न भएको छ । तीन वटा स्थानीय तहवाहेक अन्यमा पार्टीको उल्लेख्य सहभागिता न भएपनि समग्रमा नेकपाले नै जिल्ला हाँकेको छ । बाजुराको दुईटै क्षेत्रमा नेकपाका माननीय हुनुहुन्छ । संघको माननीय पनि नेकपाकै छन् ।

तर, जिल्लामा जनसरोकारका सन्दर्भमा भुमिका विहिन जस्तै छ । जिल्लाका जनतालाई न उचित खानेपानी छ । न विजुली छ । कोल्टी क्षेत्रमा घाम लागे विजुली आउँने, टेलिफोन आउँने । नत्र अन्धकारमय छ । सम्पर्क विहिनताको स्थिति छ । अर्काेतिर कोल्टी स्वास्थ्य चौकी डाक्टर विहिन छ । सेवाग्राही मर्कामा छन् । नागरिक समाज सिडियोलाई गुहार्दै छ । नेकपा जिल्ला कमिटी भने कर्णालीमा माछा मार्दै छ या फेसबुकमा सेल्फी मार्दैछ ?

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार