होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • छोरी जन्मनेबित्तिकै तीन लाखको बिमा
Breaking News

छोरी जन्मनेबित्तिकै तीन लाखको बिमा

  • नागरिक रैबार
छोरी जन्मनेबित्तिकै तीन लाखको बिमा

जनकपुर, १८ माघ । प्रदेश २ का आठै जिल्लामा अब छोरी जन्मनेबित्तिकै तीन लाखको बिमा हुनेछ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश सरकारले गरिदिँदै आएको एक लाखको बिमामा रकम थपिदिएको हो । प्रदेश मन्त्रिपरिषद्को शुक्रबारको बैठकले बिमाका लागि दिने गरिएको रकम तीन लाख पुर्‍याउने निर्णय गरेको हो ।

नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको सुविधा पाएको खुलेपछि मात्रै बिमाको रकम भुक्तानी पाउनेछन् । छोरीका लागि बिमा योजनाको रकम बढाइएको घोषणा गर्दै शुक्रबार मुख्यमन्त्री लालबाबु राउतले २० लाख पुर्‍याउने लक्ष्य रहेको बताए । ‘प्रदेश २ का छोरीहरू अब जन्मनेबित्तिकै तीन लखिया हुनेछन्,’ उनले भने, भने, ‘छोरी बोझ होइनन्, शिक्षा र राम्रो व्यवहार गरे छोरासरह नै काबिल हुनेछन् ।’

प्रदेश सरकारले २०७५ माघयता जन्मिएका छोरीहरूको बिमा गर्दै आएको छ । प्रभु बैंकको सहकार्यमा ४ हजार ३ सय ७३ जनाको बिमा भइसकेको छ । थप ३ हजार १ सय १८ जनाको बिमा गर्ने कागजात मुख्यमन्त्री कार्यालयमा प्रक्रियामा छ । गत फागुन ९ मा वीरगन्जबाट राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी बिमा अभियानको शुभारम्भ गरेकी थिइन् । ‘छोरी बिमाका लागि पैसाको समस्या हुन्न,’ मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारको अनुदान र प्रदेश सरकारको आफ्नै बजेटमा बिमा भइरहेको छ ।’

विज्ञापन

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार