होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २२ चैत्र। गैर सरकारी संस्था महासंघ बाजुरा शाखाकाे अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् ।महासंघकाे ९ औ अधिवेशनबाट गिप्ट नेपाल बाजुराका कार्यक्रम प्रवन्धक समेत रहेका अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा माेहनराज जैशी, सचिवमा धर्म राेकाया, सहसचिवमा धनकृष्ण विक र काेषाध्यक्षमा शुसिला थापा, सदस्यहरू जानकी खत्री, दिनेश बाेहरा लगायत १० सदस्यीय […]
२२ फागुन, साँझ करिब ६ बजे । भूपेन्द्र बुढालाई राजेन्द्र बुढाले फोन गरेर भने, ‘आज मेरो डेरामा बसौँ है ।’ २० वर्षीय भूपेन्द्रले ‘हुन्छ’ भने । उनीहरूको पहाड गाउँ बाजुराको खप्तड छेडदह गाउँपालिकाको गाज्रा हो । नाता दाजुभाइको । तराई बसाइँ भने कैलालीको धनगढी उपमहानगरपालिकामा छ । फोन कुराकानीका क्रममा भएको सल्लाहअनुसार भूपेन्द्र राजेन्द्रकहाँ बस्न […]
नागरिक रैबार/बाजुरा २१ चैत्र। १३ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ले एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीनन्दा–६ लाटुपस्तिका वर्ष २३ का बसन्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएको बेला मौका छोपी बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको भनि चैत्र १८ गते जिल्ला प्रहरी […]
नागरिक रैबार/बाजुरा २० चैत्र। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानीयहरु मतदान केन्द्रको माग गदै सदरमुकाम मार्तडीमा विरोध प्रर्दशन गरेको छ । निर्वाचन आयोगले एक वडा एक मतदान केन्द्रको व्यवस्था गरिने भनेको भएपनि बाजुराको जगन्नाथ गाउँपालिकाको ६ नम्बर वडामा मतदान केन्द्र कायम नभएको भन्दै उनीहरु सदरमुकाम मार्तडीमा आएर विरोधमा प्रर्दशनमा उत्रिएका हुन् । बिरोध […]
नागरिक रैबार/बाजुरा १८ चैत्र। जिल्ला अस्पताल बाजुरामा आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, राजपुर डोटीको आयोजना र नेपालगंज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा उक्त शिविर आजबाट जिल्ला अस्पताल बाजुरामा संचालन गरिएको हो । शिविरमा नाक, कान र घाँटी सम्वन्धि निःशुल्क शल्यक्रिया तथा छनौट शिविर संचालन हुने भएको जिल्ला अस्पताल […]
नागरिक रैबार/बाजुरा १७ चैत्र। नेपाली काँग्रेस बाजुराको चुनावी सभा मार्तडीमा सम्पन्न भएको छ । घर-घर जाऔं काँग्रेस जिताऔं भन्ने मुल नाराका साथ नेपाली काँग्रेस बाजुराले विहिबार दोस्रो पटक जिल्ला स्तरीय चुनावी सभाको आयोजना गरेको थियो । चुवानी सभालाई सम्बोधन गर्ने सवै नेताहरुले आगामी बैशाख ३० गतेको चुनावमा काँग्रेसलाई देशकै ठुलो पार्टी बनाउन सवै जनताले लाग्नु […]
जुड्डी, बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीस्थित हिमालयन बैंक कार्यालयमा वृद्धवृद्धा पंक्तिबद्ध थिए । कोही लट्ठीको सहारामा सकिनसकी उभिएका थिए त कोही लाइनमै थचक्क बसेका । गत आइतबार लाइनमा ७२ वर्षीया रिठु ओड पनि थिइन् । दमले थलिएकी उनी दानचौकाबाट झिसमिसेमै हिँडेकी रहिछन् । स्याँस्याँ गर्दै दिउँसो २ बजे गाउँपालिका कार्यालयमा पुगेकी उनी सामाजिक सुरक्षा भत्ता बुझेर घर […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहनेमा दुविधा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाइएको गठबन्धन कायम रहने नरहने भन्नेमा कुनै दुविधा नरहेको बताएका हुन् । ‘निर्वाचन अगाडि छ […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्लाको बडीमालिका नगरपालिका वडा न.. ६ जगाङ्गामा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयलाई तीन तारे घोषणा गरिएको छ । मंगरबार एक कार्यक्रमका बिच उक्त बिद्यालयलाई तीन तारे घोषणा गरिएको हो । विद्यालयमा स्वच्छ पिउने पानी, उपयुक्त शौचालय र स्वच्छ वातावरण जस्ता चरणहरुमा पुणर्ता भएपछि विद्यालयलाई मंगलबार एक कार्यक्रमका विच तिनतारे घोषणा गरिएको […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्ला अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष मानबहादुर कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीरुलाई १० प्रतिशत छटमा औषधि वितरण गर्ने निर्णय भएको बताएका छन् । बुधबार जिल्ला अस्पताल व्यवस्थापन समितिले गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीहरुको आर्थिक स्थितिलाइ मध्यनेजर गरेर अस्पतालको फार्मेसीबाट १० प्रतिशत […]
नागरिक रैबार/बाजुरा १६ चैत्र ।नेपाली काँग्रेसका एक कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् । हिजो मंगलबार काँग्रेस छाडेर एमाले प्रवेश गरेका बडीमालिका ८ गणखेतका अर्जुन रावल एमाले प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी काँग्रेसमै फर्किएका हुन् । बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले […]
नागरिक रैबार/बाजुरा १६ चैत्र । बाजुराको बुढीगंगा नगरपालिका वडा नं. १ अम्कोटका स्थानीयबासीले साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने अम्कोटमा सडक अवरुद्ध गरेका छन् । साँफे मार्तडी सडककै कारण अम्कोट बासीका खेतियोग्य जमिन र अम्कोटको बस्तीमा क्षती पुगेको भन्दै त्यहाँका स्थानीयहरुले सडक नै अवरुद्ध गरेका हुन् । सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे-मार्तडी सडक निर्माणकै […]
नागरिक रैबार/ बाजुरा १५ चैत्र । नेकपा एकिकृत समाजवादी पार्टी जिल्ला कमिटी बाजुराको दोस्रो पूणर् बैठक सदरमुकाम मार्तडीमा बसिरहेको छ । मंगलबार जनता समाजवादी पार्टी नेकपा एकिकृत समाजवादी पार्टीमा समायोजन भएसंगै पार्टीको दोस्रो पूणर् बैठक बसेको हो ।बैठकमा जनता समाजवादी पार्टीबाट आएका नेताहरुको पदीय जिम्मेवारी, र आसन्न स्थानीय तहको निर्वाचनको तयारीका विषयमा छलफल गरिने एकिकृत […]
नागरिक रैबार/बाजुरा १५ चैत्र । जनता समाजवादी पार्टी बाजुराको जिल्ला कार्यसमिति नेकपा (एकिकृत समाजवादी)मा समाहित भएको छ । जनता समाजवादी पार्टी बाजुराका संयोजक नरेन्द्र रावलको नेतृत्वमा जिल्ला कार्यसमिति नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज हिक्मतजंग शाहीले जसपाका जिल्ला स्तरको कमिटीलाई एकिकृत समाजवादी पार्टीमा प्रवेश स्वागत […]
नागरिक रैबार/बाजुरा १५ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाजुरामा आजबाट म्यादी प्रहरीको छनोट सूरु गरिएको छ । बाजुरामा म्यादी प्रहरीमा भर्ना हुनका लागि १६ सय ४७ जनाले आवेदन दिएका थिए । जसमा ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुष रहेका छन् । ६ सय ६७ […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगलागीबाट जलेर उपचारको क्रममा मृत्यु भएकि बडीमालिका नगरपालिका ३ कि पिप्सेकी फुँगी खड्काको परिवारलाई सामुदायिक वन उपभोक्ता महासंघले आर्थिक सहयोग गरेको छ । एक वर्ष अगाडि सोही वडाको पिप्से टोल नजिकैको घटाल सामुदायिक वनमा आगलागी हुँदा खड्का खड्का जलेर घाईते भएकि थिईन् । आगलागिबाट घाइते भएकि खड्काको उपचारको क्रममा काठमाडौंमा मृत्यु […]
नागरिक रैबार/बाजुरा १४ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरामा ८२ हजार ६ सय ९० जना मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले आईतबार २०७९ बैशाख सम्म १८ वर्ष पुरा भएका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको थियो । जसमध्ये बाजुरामा ४२ हजार १ सय २१ पूरुष रहेका छन् भने ४० हजार […]
नागरिक रैबार/ बाजुरा १४ चैत्र। बाजुराको हिमाली गाउँपालिका १ नेटामा प्रहरी चौकीको स्थापना गरीएको छ । तत्कालिन माओबादी दन्द्धको समयमा बिस्थापीत बिच्छाया प्रहरी चौकी २२ बर्ष पछि आईतबार पुनः स्थापना गरिएको छ । २२ बर्ष अघि बिच्छायाबाट बिस्तापीत प्रहरी चौकी हिमाली ५ कवाडीमा सरेपछि साबिकको बिच्छाया गाबिस प्रहरी चौकी बिहिन भएको थियो । आईतबार प्रमुख […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। गौमुल गाउँपालिकामा गाउँपालिका स्तरीय दलित एकता अधिकार मंच गठन गरिएको छ । दलित एकता अधिकार मंचको प्रथम गाउँपालिका स्तरीय भेलाले नयाँ कार्य समिति गठन गरेको छ । जसमा अध्यक्षमा कौशल विक, उपाध्यक्षमा रामबहादुर ल्वार, कोषाध्यक्षमा सिर्जना विक, सचिव तिलक विक, सहसचिव प्रदीप सार्की, नरेन्द्र विक, सदस्य दिपक विक लगायत १५ सदस्यीय […]
नागरिक रैबार/बाजुरा १३ चैत्र। बाजुरामा म्यादी प्रहरीका भर्ना हुनका लागि लागि १६ सय ४७ जनाले आवेदन दिएका छन् । बाजुरामा ६ सय ६७ जनाको कोटामा १६ सय ४७ जनाले आवेदन दिएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । प्रहरीका अनुसार ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुषले म्यादी प्रहरीका लागी आवेदन […]