होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा म्यादी प्रहरीको छनोट आजबाट गरिदै
समाचार

बाजुरामा म्यादी प्रहरीको छनोट आजबाट गरिदै

  • नागरिक रैबार
बाजुरामा म्यादी प्रहरीको छनोट आजबाट गरिदै

नागरिक रैबार/बाजुरा १५ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि बाजुरामा आजबाट म्यादी प्रहरीको छनोट सूरु गरिएको छ ।

बाजुरामा म्यादी प्रहरीमा भर्ना हुनका लागि १६ सय ४७ जनाले आवेदन दिएका थिए । जसमा ४ सय ४९ जना महिला र ११ सय ९८ जना पुरुष रहेका छन् ।

६ सय ६७ जनाको कोटामा बाजुरामा १६ सय ४७ जनाले आवेदन दिएका छन् । म्यादी प्रहरीको छनोट आज विहानबाट सूरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

म्यादी प्रहरीको लागि दरखास्त दिएका उम्मेदवारहरुको आजबाट स्वास्थ्य परिक्षण तथा शारीरीक तन्दुरुस्ती परिक्षा, १ किलोमिटर दौड, सेटअफ र पुसअप लगायत परिक्षण गरिने भएको छ । त्यस्तै प्रारम्भिक स्वास्थ्य परिक्षण तथा शारीरिक परिक्षाको नतिजा परिक्षासहित लिखित र अन्तरवार्ता गरेर छनोट गरिने भएको छ ।

म्यादी प्रहरीको लागि छनौट भएकाहरुलाई एक हप्ताको तालिम पछि बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा लागि खटाइने भएको छ । म्यादी प्रहरीले प्रहरी जवान सरहको सुविधा पाउने भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार