होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • गैर सरकारी संस्था महासंघ बाजुराकाे अध्यक्षमा अधिकारी चयन
Breaking News

गैर सरकारी संस्था महासंघ बाजुराकाे अध्यक्षमा अधिकारी चयन

  • नागरिक रैबार
गैर सरकारी संस्था महासंघ बाजुराकाे अध्यक्षमा अधिकारी चयन

नागरिक रैबार/बाजुरा २२ चैत्र। गैर सरकारी संस्था महासंघ बाजुरा शाखाकाे अध्यक्षमा कृष्ण अधिकारी चयन भएका छन् ।महासंघकाे ९ औ अधिवेशनबाट गिप्ट नेपाल बाजुराका कार्यक्रम प्रवन्धक समेत रहेका अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा माेहनराज जैशी, सचिवमा धर्म राेकाया, सहसचिवमा धनकृष्ण विक र काेषाध्यक्षमा शुसिला थापा, सदस्यहरू जानकी खत्री, दिनेश बाेहरा लगायत १० सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे छ ।महासंघकाे मंगलबार भएकाे ९ औं अधिवेशनमा बाजुराका प्रतिनिधि सभा सदस्य माननीय लालबहादुर थापा प्रमुख अतिथि रहेका थिए ।

No description available.

त्यस्तै विशिष्ट अतिथि बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल, गैसस का केन्द्रीय सदस्य टंकप्रसाद ढंगाना रहेका थिए ।
गैसस महासंघ बाजुरा शाखाका अध्यक्ष अग्निराज शाहीकाे अध्यक्षतामा भएकाे कार्यक्रम सचिव कृष्ण अधिकारीले संचालन गरेका थिए । कार्यक्रम बडीमालिका नगरपालिकाकाे सभाहलमा भएकाे थियाे । कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एंवम प्रतिनिधि संचारकर्मी लगायतकाे सहभागीता रहेकाे थियाे ।

विज्ञापन

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार