होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जसपा बाजुराको सिंगो टिम एकिकृत समाजवादीमा समाहित
समाचार

जसपा बाजुराको सिंगो टिम एकिकृत समाजवादीमा समाहित

  • नागरिक रैबार
जसपा बाजुराको सिंगो टिम एकिकृत समाजवादीमा समाहित

नागरिक रैबार/बाजुरा १५ चैत्र । जनता समाजवादी पार्टी बाजुराको जिल्ला कार्यसमिति नेकपा (एकिकृत समाजवादी)मा समाहित भएको छ ।
जनता समाजवादी पार्टी बाजुराका संयोजक नरेन्द्र रावलको नेतृत्वमा जिल्ला कार्यसमिति नेकपा एकीकृत समाजवादीमा समाहित भएको हो ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज हिक्मतजंग शाहीले जसपाका जिल्ला स्तरको कमिटीलाई एकिकृत समाजवादी पार्टीमा प्रवेश स्वागत गरेका हुन् ।

पार्टी समायोजन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य हिक्मतजंग शाही, केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला अध्यक्ष गगन रावलले उनीहरुलाई स्वागत गर्दै वामपंथी आन्दोलनको अग्रणी पार्टी नेकपा(एकीकृत समाजवादी) भएको बताएका छन् ।

विज्ञापन

उक्त कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तथा बाजुरा अध्यक्ष गगन रावलले अबको विकल्प एकीकृत समाजवादी पार्टी नै भएको बताउदै उहाँले सच्चा कम्युनिष्ट पार्टी ढिलो चाँडो समाजवादी पार्टीमा आउने विश्वास व्यक्त गरेका छन् ।

बाजुरामा जसपालाई एकिकृत समाजवादी पार्टीमा समायोजन गर्न पार्टीका सचिव पुरबहादुर रावतको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलले जनता समाजवादीका बाजुरा संयोजक नरेन्द्र रावलसंग समन्वय गरेर जनता समाजवादीलाई एकिकृत समाजवादी पार्टीमा समायोजन गरिएको सचिव रावतले बताएका छन् ।

मंगलबार बाजुराको सदरमुकाम मार्तडीमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकिकृत समाजवादी पार्टी समायोजन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य हिक्मतजंग शाही, जिल्ला अध्यक्ष गगन रावल, जसपा जिल्ला संयोजक नरेन्द्र रावल लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार